Dudha Lama
कोरिया घेदुङको वार्षिक साधारण सभा सम्पन्न

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सउल दोङ्देमुनमा एक कार्यक्रम गरी सम्पन्न भएको हो । साधारण सभाको पहिलो सत्रमा कोषाध्यक्ष प्रयत्न पासाङ बमजन तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो । आर्थिक प्रतिवेदन प्रस्तुतपछि घेदुङका महासचिव दावाफिन्जो योन्जन तामाङले वार्षिक कार्यक्रम प्रतिवेदन प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतवास सउलका द्धितीय सचिव सूर्य थापा थियो । त्यसै गरी अतिथिहरूमा नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाका अध्यक्ष विशन राई, गैर आवासीय नेपाली सङ्घका अध्यक्ष बुद्धि गुरुङ र बिपिन गुरुङ लगायत राजनीतिक सङ्गठनका अध्यक्ष, जातीयफुर्सदमा
कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग

असोज १२ गते नेपालमा आएको भारी वर्षा र बाढीले क्षति पुर्याएको काभ्रेको रोशी गाउँपालिका र सिन्धुलीका हरिहरपुर गाउँपालिकामा कोरियामा सङ्कलन रकम तीन लाख रुपैयाँ बराबरको खाद्यान्न राहत सहयोग गरेका छन् । विभिन्न व्यक्तिहरूबाट चौबीस लाख बिस हजार पाँच सय पाँच वन र नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको खाताबाट पाँच लाख उनासी हजार चार सय पैँतालीस वन गरी नेपाली तीन लाख रुपैयाँको राहत कार्तिक २८ गते बुधवार हस्तान्तरण गरेको हो । सङ्कलित रकम बागमती नदीले क्षति पुर्याएको सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ को वस्तिपुर (सुकुम्वासी बस्ती) र कुडुले फाँटका अति प्रभावित २० घरफुर्सदमा
सिस्नेरीमा पहिरोले पुरिएका ६ खेलाडीका लागि कोरियाबाट डेढ लाख सहयोग

असोज १२ गतेको बाढी पहिरोले एन्फा सिस्नेरी क्याम्पका ६ जना खेलाडी पुरिएर मृत्यु भएका परिवारको लागि दक्षिण कोरियाबाट एक लाख पचास हजार नेपाली रुपैयाँ हस्तान्तरण गरेको छ । आइतबार कोरियाको सौलमा नेपाल फुटबल महासङ्घ, दक्षिण कोरियाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्बाङलाई जनाही पचीस हजारकाे दरले प्रदान गर्न हस्तान्तरण गरेको हो । एन्फा अध्यक्ष नेम्बाङ सोमबारदेखि हुने कोरियन फुटबल महासङ्घको गोष्ठी र एएफसी अवार्ड समारोहमा सहभागी हुन आइतबार बिहान कोरिया आइपुगेको थियो । उक्त रकम नेपाल फुटबल महासङ्घ, दक्षिण कोरियाको अक्षयकोषबाट सहयाेग गरेको महासचिव राज थापाफुर्सदमा
सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने

दक्षिण कोरियाको ठुलो सहर सुवनको मेगाबक्समा छक्का पन्जा–५ प्रदर्शन गर्ने भएको छ । नोभेम्बर १० मा आइतबार १ बजे प्रदर्शन हुने भएको हो । दोलखाली समाज, दक्षिण कोरियाको आयोजनामा प्रदर्शन हुन लागेको हो । ‘दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोगार्थ’ स्वरूप प्रदर्शन गर्न लागेको सल्लाहकार सरोज केसीले जानकारी दिए । चलचित्रको अग्रिम बुकिङ पनि खुला भएको उनले जानकारी दिए । बुकिङको लागि पोस्टरमा दिएका नम्बरमा सम्पर्क गर्न सक्ने छ । दिपाश्री निरौला निर्देशित चलचित्र छक्का पन्जा–५ नेपालमा दशैको फूलपातीबाट देश–विदेशमा एकैसाथ प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा व्यापक व्यापार गरेकाफुर्सदमा
काठमाण्डौंमा घर जित्न तीन साता बाँकी

कोरियाबाट फोनमनीमार्फत पैसा पठाउँदा लक्की ड्रबाट काठमाण्डौंमा घर जित्ने समय अब तीन साता मात्रै बाँकी रहेको छ । यो योजनामा कार्तिक ३० गतेसम्ममा मात्र सहभागी हुन पाउने छ । घर जित्नका लागि फोनमनिबाट इ–सेवा मनी ट्रान्सफर मार्फत इ–सेवा वालेटमा पैसा पठाउनु पर्ने छ । इ–सेवा मनी ट्रान्सफरको ग्लोबल अफर मध्येबाट कोरियामा फोनमनीमार्फत पैसा पठाउनेले काठमाण्डौंमा घर जित्ने अफरमा सहभागी पाउन सकिने कम्पनीले जनाएको छ । ‘दसैँ खर्च इ–सेवामा, घर काठमाण्डौंमा’ भन्ने नाराका साथ यो योजना ल्याएको हो । केही समय अगाडी इ–सेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्टर तथा महानायक राजेश हमाललेफुर्सदमा
छैठौं कोरियाली भाषा प्रतियोगिता २०२४ मा श्रीलंका प्रथम, ५ पटकको विजेता नेपाल दोस्रो

कोरियाली धार्मिक संस्था जेगेसाको IDIA (खुक्जेफोगेसा) द्वारा आयोजित छैठौं प्रवासी मजदुर वक्तृत्वकला प्रतियोगिता २०२४ मा श्रीलकांका निशान्थ हिमिहामीले स्वर्ण पदक (प्रथम) प्राप्त गरेको छ । अक्टोबर १३ तारिख आईतबार जोगेसामा आयोजित प्रतियोगिताका बिजेता निशान्थले प्रमाणपत्र, ५ लाख वोन साथमा पुरस्कार हात पारे । उनले ‘शान्ति र दया’ शिर्षकमा आफ्नो मन्तव्य राखेका थिए । उक्त प्रतियोगिताको पाचौं संस्करणसम्मको लगातार विजेता नेपालले समूह-बिबाट गोबिन्द अधिकारी र समूह-ए बाट थाईल्याण्डका विरासकले दोस्रो स्थान ओगट्न सफल भएका छन् । उनीहरूले क्रमशं प्रमाणपत्र, नगद ३/३ लाख वोन र पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै तेस्रोफुर्सदमा
दशैंमा फोनमनीबाट पैसा पठाउ, काठमाण्डौंमा घर जिताउ

कोरियाबाट फोनमनी मार्फत पैसा पठाउँदा काठमाण्डौंमा घर जित्ने भएको छ । ‘दशैं खर्च इ–सेवामा, घर काठमाण्डौंमा’ भन्ने नाराका साथ यो योजना ल्याएको हो । घर जित्नका लागि फोनमनीबाट इ–सेवा मनी ट्रान्सफर मार्फत इ–सेवा वालेटमा पैसा पठाउनु पर्ने छ । इ–सेवा मनी ट्रान्सफरको ग्लोबल अफर मध्येबाट कोरियामा फोनमनीमार्फत पैसा पठाउनेले काठमाण्डौंमा घर जित्ने अफरमा सहभागी पाउन सकिने कम्पनीले जनाएको छ । नेपालीहरूको चाड दशैं, तिहार लक्षित यो योजना कार्तिक ३० गतेसम्म मात्र रहेको कम्पनीले बताएको छ । केही समय अगाडी इ–सेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्टर तथा महानायक राजेश हमालले एक कार्यक्रमकाफुर्सदमा
सउलमा द एज ब्यान्डसँग झुमे दर्शक

अमिर याेन्जन । युरोप, खाडी क्षेत्रमा साङ्गीतिक प्रस्तुतिको यात्रा सकेर दक्षिण कोरिया झरेका ‘द एज ब्यान्ड’ले राजधानी सउलको कोरिया युनिभर्सिटीका हलमा नेपाली दर्शकहरूलाई आफ्नो प्रस्तुतिले मन्त्रमुग्ध बनाएको छ । पप सङ्गीतमा चर्चित पुरानो ब्यान्ड लमजुङ परिवारको आयोजनामा ‘मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३’ मा कोरिया आइपुगेको हो । युरोपको विभिन्न देश, यता दुबईमा प्रस्तुति सकेर अन्तिम यात्रामा कोरिया आइपुगेको भोकलिस्ट जीवन गुरुङले बताए । कोरियन चाड छुसकको पहिलो बिदा आइतबार आयोजना भएको ब्यान्डको कार्यक्रममा दर्शकहरू लगभग ४ हजार पाँच सयको हलको सिटमा आधा भरिभराउ थिए । स्थानीय समय अनुसार दिउँसो औपचारिक कार्यक्रमपछिफुर्सदमा
कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार

रेमिट्यान्स फोनमनीले कोरियन पर्व छुसकको अवसरमा विभिन्न उपहारहरु ल्याएको छ । छुसको दिनहरूमा कम्पनीको दोंगदेमुन ३ नम्बर गेटमा रहेको केन्द्रीय कार्यालयमा भ्रमण (भिजिट) गर्नेलाई हात खाली नहुने उपहार नै उपहार ल्याएका हुन् । जसमा पाँच प्रकारका योजना तथा उपहारहरू छन् । स्पीन एण्ड वीन योजना: यो स्पीन एण्ड वीन योजना अन्तर्गत भाग्यशाली विजेताले विभिन्न प्रकारको पुरस्कार पाउने छन् । यो योजनाको लागि कार्यालय भिजिट गरेर सहभागी बन्न सकिने छ । फोनमनी (Fonemoney) को डमीसँग फोटो खिच्नुस उपहार जित्नुस्: यसैगरी फोनमनीको डमी (dummy)संग फोटो खिचाउने अफरमा १० जनालाई विशेष पुरस्कार दिने बताइएकोफुर्सदमा