Advertisement
SKIP THIS

“मेरो त देशै माइती भयो” तीज गीतमा चेलीको वेदना


दक्षिण कोरियाको थेसो क्षेत्रमा नेपाली चेलीहरूको उल्लेखनीय सहभागितासहित छायाङ्कन गरिएको तीज गीत “मेरो त देशै माइती भयो” गत हप्ता औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

दिवस तिवारीको शब्द र सङ्गीत तथा लोकप्रिय लोक गायिका पूर्णकला बिसीको सुमधुर स्वरले सजिएको यो गीतले वैवाहिक जीवनमा नेपाली महिलाले भोग्ने भावनात्मक पिडा, विदेशमा बस्दा आउने हर्ष–विषाद र तीज पर्वको मौलिकतालाई मार्मिक रूपमा चित्रण गरेको छ । युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र चाडपर्वको प्रवर्द्धनमा सशक्त भूमिका खेल्ने विश्वास लिइएको छ । विवाह गरेर देशमा रोजगार नभएपछि परदेशमा बस्नु पर्ने बाध्यात्मक परिस्थितिले गर्दा देश नै माइती भएको गीतको सारांश रहेको छ । त्यसमाथि दैनिक कामको व्यस्तताले, चाड पर्वमा साथीसंगीसँग रमाइलो गर्न समय नमिल्ने नेपाली चेलीको पिडा, वेदना पोखेका छन् ।

गीतको एरेन्ज तथा सङ्गीत संयोजन रमेश सेन्चुरीले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सुरज भुसालले सम्पन्न गरेका हुन्।

सोनम पराजुलीको निर्देशन तथा छायाङ्कनमा तयार पारिएको म्युजिक भिडियोमा प्रमीला भट्टराई र शोनीप विक्रम शाहीको अभिनय रहेका छन् । साथै, निकिता थापा, दीपिका थापा र प्रीति पाण्डेले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोलाई व्यवस्थित रूपमा सञ्चालन जनक भट्टराईले गरेका हुन् ।

विदेशी भूमिमा बसेका नेपालीहरूका लागि भावनात्मक रूपमा जोडिने यस गीतले तीज पर्वको उल्लासलाई थप रंगीन बनाउनेछ। नेपाली नारीहरूको संवेदना र मौलिक पर्वको महत्वलाई उजागर गर्दै, “मेरो त देशै माइती भयो” तीज गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...