नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श

अमिर याेञ्जन । भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान शीर्षक माथि विमर्श कार्यक्रम सम्पन्न भयो । ऐतिहासिक क्रान्तिकारी योद्धा योगमायाको ८४ औँ स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रका तीन वक्ताहरूको प्रस्तुति र आयोजक तर्फबाट कार्यपत्र प्रस्तुतसँगै विमर्श कार्यक्रम भएको थियो ।
पूर्वी नेपाल समाज दोङ्देमुनको सभा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोरियाका लागि नेपालको राजदूत डा. शिवमाया तुम्बाहाम्फेको उपस्थिति थियो । वक्ताहरूमा खोटाङ सेवा समाजका अध्यक्ष कवि सुष्मा रानाहँमा राई, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष विशन राई, पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौला थिए ।
कार्यक्रममा भोजपुर परिवारको महासचिव तथा लेखक दिलिप बान्तवाले तयार पारेको १० पेज लामो कार्यपत्र संस्थाको उपाध्यक्ष गोविन्द विसिले प्रस्तुत गरेको थियो ।
वक्ताहरूले जहाानियाँ राणा शासन विरुद्ध योगमायाले गरेको दर्जनौँ मुद्धाहरुको बारेमा चर्चा गरे । उनीहरूले शताब्दी अघि देखि उठाइरहेका माग, समाजमा भइरहेका विविध विभेदहरू हाल पनि यथा वात रहेका आशय व्यक्त गर्यो । विविध मुद्धाहरु, समाजमा भइरहेका विभेदको स्वरूपमा मात्रै परिवर्तन भएको बतायो । वक्ताहरूले जुन समयकलामा महिलाले एक शब्द पनि समाज, राज्यलाई बोल्न नपाउने स्थितिमा योगमायालाई महान् नारीको सम्मान र प्रशंसा गर्यो । नेपाली समाज रूपान्तरणको लागि योगमायाले गरेको विभिन्न आन्दोलनहरू, योगदानहरूको चर्चा भएको थियो । वक्ताहरूलाई आयोजक भोजपुर परिवारले सम्मान समेत गरेको थियो ।
राजदूत डा. शिवमाया तुम्बाहाम्फेले त्यो बेला योगमायाले उठाएका माग, मुद्धाहरु २०७२ सालमा जारी भएको संविधानले सम्बोधन गरेको बताइन् । उनले योगमायाले गरेका समाज परिवर्तनका लागि आन्दोलनहरू र त्यस यता विभिन्न आन्दोलनहरू पछिल्लो संविधानले केही पुरा गरे र केही मुद्धाहरु निरन्तर उठाइरहेको बताइन् । जुन योगमायाहरूले गरेका महिला, पुरुष बिचको त्यो खालको विभेद, महिलाको लागि हक अधिकारहरू यो संविधानले मौलिक हक अन्तरगत समेट्न सकेको बताइन् । यो हक अधिकार स्थापित वा सम्बोधन हुनुमा योगमायाको पनि योगदान रहेको बताइन् । सायौँ वर्ष पछि पनि योगमाया तथा उनको योगदान चर्चा हुने गर्छ भने उनले उठाएका समाज परिवर्तनको कुरा, मुद्धाहरु नै हुन् ।
योगमाया न्यौपाने भोजपुर जिल्लाको नेपाले डाँडामा वि.सं. १९२४ सालमा जन्मिएर ७ वर्ष कै उमेरमा सोही जिल्लामा विवाह भएको थियो । योगमायाको तेस्रो पति पनि देहान्त भएपछि असामबाट वि.सं. १९७३ सालमा पूर्ण रूपमा नेपाल फर्केका थिए । त्यसपछि योगमाया न्यौपानेले राणा शासनकालमा विभेद, महिला हिंसा, सती प्रणाली, छुवाछूत, बालविवाह, बहुविवाह जस्ता सामाजिक कुरीतिका विरुद्ध लडेर नेपाली समाजमा नयाँ सचेतना जगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । राणा प्रधानमन्त्रीलाई सत्य–धर्म भिक्षा २६८ बुँदे मानपत्र पठाएका थिए तर जवाफ पाइनन् । माग पूरा नभए २४० जना सहभागी आग्निसमाधि गर्न तयारी गर्दा प्रहरीद्वारा गिरफ्तार र जेल बस्नुपर्यो । जेलबाट रिहा भई सुधार नभएपछि ६८ जना अनुयायीहरूसहित अरुण नदीमा २२ असार वि.सं. १९९८ मा जल समाधि दिए ।