Bomjan Gurung
स्याङ्जा परिवार दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनबाट भक्त थापाकाे नेतृत्वमा कार्यसमिति चयन

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । सउलको जोंगाक स्थित हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट भक्त थापा अध्यक्ष रहने गरी नयाँ कार्यसमिति गठन भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष विजय थापाको सभाध्यक्ष र नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, विशेष अतिथिहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष दीपक पुन, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (ICC) का अध्यक्ष टुकराज अर्याल (सामाजिक सञ्जाल मार्फत पदीय मर्यादा), केन्द्रीय सल्लाहकारद्धय नरेन्द्र गुरुङ र कुमारफुर्सदमा
स्याङ्जा परिवार कोरियाको किम्हेरबुसान शाखाको चौथो अधिवेशन सम्पन्न

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाको चाैथाे अधिवेशन सम्पन्न भएको छ । किम्हेको कोरिया माइग्रेन्ट हाउसको हलमा १५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट आशिष रानाभाट अध्यक्ष रहने गरि २३ सदस्यीय संरचनाको चाैथाे कार्यसमिति गठन भएको हो । संस्थाका शाखा अध्यक्ष कमल अर्यालको सभाध्यक्ष र स्याङ्जा परिवार दक्षिण केन्द्रीय अध्यक्ष विजय थापाको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका वरिष्ठ उपाध्यक्ष आशिष रानाभाटको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा सचिव डिबि शिव पोख्रेलले प्रगति विवरण र कोषाध्यक्ष शंकर पोख्रेलले संस्थाको आर्थिक प्रतिवेदनफुर्सदमा
स्याङ्जा परिवार दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन जनवरी २१ मा हुने

केही महिना अघि मात्रै धूमधामका साथ रजत जयन्ती मनाईसकेको कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवारको बाह्रौं केन्द्रीय अधिवेशन यही आउँदो जनवरी २१ तारिकमा हुने भएकाे छ । संस्थाको एघारौं कार्यसमिति सफलतापूर्वक कार्यकाल पूरा भई आधिकारिक र विधिवत् रुपमा अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउल जोंगाक स्थित दुर्गा रेष्टुरेन्टको छिहा हलमा सो अधिवेशन हुने भएकाे हो । सन् १९९७ मा स्थापना भएको “स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै आइरहेको संस्थाले स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाईफुर्सदमा
स्याङ्जा भिरकोट आठथर तमू समाजले कोरियामा हर्षोल्लासका साथ मनायो तमू ल्होसार

स्याङ्जा भिरकोट आठथर तमू समाज दक्षिण कोरियाले गत डिसेम्बर ३१ तारिक शनिबार सउल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टको हलमा तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार भव्य रुपले मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै रात्रीभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित सो ल्होसार मनाएको हो । तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष लेसन गुरुङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विशेष अतिथि समाजका संरक्षक एवं संस्थापक अध्यक्ष नर कुमार गुरुङ, अतिथिहरुमा सोही समाजकाफुर्सदमा
कोरियाको बुसानमा विविध साँस्कृतिक कार्यक्रम सहित तमू ल्होसार धूमधाम मनाईयो

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार गत आइतबार बुसान स्थित जिकेएस हलमा भव्य रुपले मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित सो ल्होसार मनाएको हो । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” भन्ने तमू (गुरुङ) समुदायको विश्वब्यापीफुर्सदमा
कलाकार पवित्र गुरुङको साथमा थेगुमा तमू ल्होसार हर्षोल्लासका साथ सम्पन्न

कोरियाको दक्षिणी भेग थेगु सहर स्थित मेईल गार्डेनमा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार कार्यक्रम दि भ्वाइस अफ नेपाल सिजन ४ की प्रतियोगी पवित्र गुरुङको साथमा गत आइतबार भव्य रुपले सम्पन्न भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी तमू धीं दक्षिण कोरिया थेगु शाखाले दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित सो ल्होसार मनाएको हो । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए,फुर्सदमा
कलाकार उषा गुरुङको साथमा कोरिया सउलमा तमू ल्होसार भव्यताका साथ सम्पन्न

दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार, सँस्कृति तथा परम्परालाई संरक्षण गर्ने महत्वपूर्ण उद्धेश्य सहित तमू धीं दक्षिण कोरिया केन्द्रले सउल स्काई पार्क होटलमा गत आइतबार ल्होसार मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै सो ल्होसार मनाएको हो । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ,फुर्सदमा
कोरिया किम्हेमा सलनालकाे २३ तारिक पूल प्रतियोगिता हुने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया बुसान शाखाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर किम्हे लुम्बिनी रेष्टुरेन्टकाे हलमा यही जनवरी २३ तारिक पूल प्रतियोगिता आयोजना गर्ने भएको छ । “स्वास्थ्य र मनाेरञ्जनकाे लागि खेल” भन्ने मुल नाराका साथ नेपालमा रहेकाे डा. महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रको (NATIONAL INNOVATION CENTER) सहयोगार्थ उक्त पूल प्रतियोगिता आयाेजना गर्ने भएको हो । प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः तेह्र लाख, सात लाख र तीन लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन्फुर्सदमा
चितवन सम्पर्क समितिले सलनालमा आयोजना गर्ने सांगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक जनवरी ०१ मा गर्ने

कोरिया स्थित क्षेत्रीय संस्था चितवन सम्पर्क समितिले कोरियन नयाँ वर्ष सलनाल २०२३ को अवसर पारेर चितवन सांगीतिक धमाका ४ म्यूजिकल नाईटको पोष्टर सार्वजानिक तथा पत्रकार सम्मेलन हुने भएको छ । सलनाललाई लक्षित गर्दै आयोजना गरिने सो कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीमा आयोजक संस्था जुटिरहेको सोही संस्थाका अध्यक्ष राजकुमार स्याङ्तनले बताए । बागमती प्रदेश एकता समाज दक्षिण कोरिया अन्तर्गत रहेका दश जिल्लाहरुको पूर्ण साथ, समर्थन र निर्णयात्मक अनुमोदन गरिएकोले कार्यक्रम सफल र थप उत्साहजनक सोही प्रदेश अध्यक्ष रबि प्रताप घिसिङले बताए । अभिभावकत्व प्रदान गर्ने उद्धेश्यले सन् २०१८फुर्सदमा
कोरियाको तीन सहरहरुमा एकै दिन तमू ल्होसार मनाउने

कोरिया स्थित जातीय संस्था तमू धींले एकै दिन प्रमुख तीन सहरहरुमा आफ्नो मौलिक पर्व तथा नयाँ वर्ष तमू ल्होसार आउँदो जनवरी १ तारिक मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै कोरियाको सउल स्काई पार्क होटल, थेगुको मेइल गार्डेन र बुसानको जिकेएस हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी एकैपटक ल्होसार मनाउने भएको हो । तमू धीं दक्षिण कोरिया केन्द्रद्धारा आयोजित सउल दोङ्देमुनमा अवस्थित स्काई पार्क होटलमा मनाइने ल्होसारमा नेपालबाट आमन्त्रित कलाकार उषा गुरुङको प्रस्तुति रहने संस्थाकाफुर्सदमा