Advertisement
SKIP THIS

कलाकार उषा गुरुङको साथमा कोरिया सउलमा तमू ल्होसार भव्यताका साथ सम्पन्न


दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार, सँस्कृति तथा परम्परालाई संरक्षण गर्ने महत्वपूर्ण उद्धेश्य सहित तमू धीं दक्षिण कोरिया केन्द्रले सउल स्काई पार्क होटलमा गत आइतबार ल्होसार मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै सो ल्होसार मनाएको हो ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै “जगेर्ना गरौं आफ्नो परम्परा संस्कृति अनि संस्कार, सबै मिली एकजुट भै मनाउँ है हाम्रो तमू ल्होसार” भन्ने नारा सहित आयोजित तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष तेज गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

प्रमुख अतिथिमा दक्षिण कोरिया स्थितको नेपाली राजदूतावास उपनियोग प्रमुख रामसिंह थापा, विशेष अतिथिहरुमा नेपाल आदिवासी जनजाती महासंघका कार्यवाहक अध्यक्ष विसन राई, तमू धीं संरक्षक भिम गुरुङ (पर्वत), नेपाली राजदूतावास सउल कोरियाका द्वित्तिय सचिव सूर्य बहादुर थापा, गैर आवासीय नेपाली संघ (NRNA) का अध्यक्ष दिपक पुन, नेपाली सम्पर्क समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका उपाध्यक्ष लोचन राई, नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष किसन गौतम, फोनिज कोरिया शाखाका अध्यक्ष गोकुल थोकर, वुमन फर वुमनका अध्यक्ष पार्वती मोक्तान, नेपाल बौद्ध परिवारका अध्यक्ष पेमा कुन्साङ लामा, तमू धींका निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार जीत गुरुङ लगायत विभिन्न जातीय, क्षेत्रीय, राजनैतिक, धार्मिक संघसंस्थाको अध्यक्ष तथा प्रतिनिधि साथै संस्था सम्बद्ध अग्रज तथा सक्रिय व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सोही अवसरमा आजीवन प्राप्त ग्रहण गरेका जस्मिन गुरुङ (ललितपुर), कुशल गुरुङ (कास्की), कृष्णलाल गुरुङ (लमजुङ), हरिमाया गुरुङ (कास्की), मेघन गुरुङ (कास्की), देव नारायण गुरुङ (कास्की), आरती गुरुङ (कास्की), बोम्जन गुरुङ (स्याङ्जा), हिमा गुरुङ (कास्की) लाई सम्मान गरिएको थियो भने उक्त दिन सम्मान पत्रद्धारा सम्मानित हुनुहुने विदेशी श्रमिक परामर्शदाता माला गुरुङ, कराँतेका अन्तर्राष्ट्रिय रेफ्री एवम् प्रशिक्षक श्री प्रेम बहादुर गुरुङ अन्य विधातर्फ विजय गुरुङ, मनोज गुरुङ (कैलाली), खोम गुरुङ, शैक्षिक सफलता हासिल तर्फ डा. अनुप गुरुङ, डा. रेश्मा गुरुङ (मञ्जु), ममता गुरुङ, उर्मिला गुरुङ, किस्मत गुरुङ त्यसैगरी बिभिन्न संघसंस्थामा नेतृत्व तहमा रहेका विपिन कुमार गुरुङ (अध्यक्ष दोङ्मुन व्यवयायी संघ), बिनराज गुरुङ (अध्यक्ष, मनाङ परिवार), दिप गुरुङ (अध्यक्ष, ओसान नेपाली समाज) लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

पहिलो खण्ड अन्तर्गतको औपचारिक कार्यक्रम संस्थाका पूर्व सल्लाहकार/महासचिव प्रितम गुरुङको विशेष सहजीकरणसँगै केन्द्रीय महासचिव सन्तोष गुरुङले सञ्चालन गरेका थिए । तमू समूदायको मौलिक गीत घाँटु, झोरा, कौडा तथा सोरठी लगायतको स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति सहित नेपालबाट आमन्त्रित कलाकार उषा गुरुङको एक दर्जन बढि सांगीतिक प्रस्तुतिले ल्होसारलाई अझ संगीतमय बनाएको थियो । साँस्कृतिक संयोजक लिलु गुरुङको सहजीकरणमा दोश्रो खण्ड अन्तर्गतको साँस्कृतिक कार्यक्रमको सञ्चालन सबनम गुरुङ र उर्मिला गुरुङले गरेका थिए । तमू धीं दक्षिण कोरियाद्धारा आयोजित उक्त “तमू ही-ल्होसार २०७९” लाई सभ्य र भव्य सफल बनाउन उपस्थित सम्पूर्ण महानुभावहरुलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

अन्य फोटोको लागि संस्थाको फेसबुक पेज हेर्नुहोला ।
https://www.facebook.com/tamudhikore

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...