Bomjan Gurung
मिर्याङ्ग नेपाली समाजको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अप्रिल १६ मा हुने

मिर्याङ्गमा कार्यरत नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा आठौ अधिवेशन यही आउँदो अप्रिल १६ तारिक आइतबार हुने भएको छ । अधिवेशन मिर्याङ्ग स्थित रोटरी क्लबको हलमा दिउँसो १२ बजे देखि सुरु हुनेछ । “सबै जातजाति विचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माण हाम्रो प्रतिबद्धता ” भन्ने नाराको साथ ७ बर्ष अगाडि स्थापना भएको हो । संस्थाले स्थापना कालदेखी नै दक्षिण कोरिया र नेपालमा अप्ठ्यारोमा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई साथ र सहयोग गर्नुको साथै मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । दक्षिण कोरियामा यसफुर्सदमा
छक्का पञ्जा ४ को कोरिया (जिन्छन शो) अप्रिल ०२ मा हुने

पछिल्लो समयमा रिलिज भएको नेपाली चलचित्रप्रेमी दर्शकहरुको रोजाईमा परेको अत्याधिक सफल नेपाली कथानक चलचित्र छक्का पञ्जा ४ अप्रिल ०२ तारिक ख्वाङ्ग्वेन् पूल क्लबको आयोजनामा कोरियाको जिन्छन मेघा बक्समा प्रदर्शन हुने भएको छ । जिन्छनको बस टर्मिनलसँगै रहेको मेघाबक्स हल सम्भवत: कोरियामा नेपाली चलचित्र प्रदर्शन गर्ने हलहरु मध्ये सबैभन्दा सुविधा सम्पन्न अत्याधुनिक हल भएको आयोजकको दावी छ । नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन दिने उद्धेश्यले चलचित्र प्रदर्शनको तयारीमा चलचित्र प्रदर्शन व्यवस्थापक तेज गुरुङले बताए । उक्त चलचित्रको शो दिनको ०२:०० बजे गरिने र चलचित्र हेर्नको टिकटफुर्सदमा
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्रा राना

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन मार्च १९ आईतबार सम्पन्न भएको छ । सउलको दोङ्म्योकाे नमस्ते रेष्टुरेन्टको हलमा भएको उक्त अधिवेशनबाट चन्द्रा रानाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा चन्द्रा राना (गुल्मी), वरिष्ठ उपाध्यक्ष अमित राना (स्याङ्जा), उपाध्यक्ष श्रवण श्रेष्ठ (पर्वत), महासचिव लेसन गुरुङ (स्याङ्जा), सचिव गजेन्द्र कार्की (धनकुटा), कोषाध्यक्ष केदार गौतम (बागलुङ), सहकोषाध्यक्ष सरोज जिसी (बागलुङ), सदस्यहरुमा रोमन बानियाँ (म्याग्दी), मुकेश बिक (गोरखा), समीर कार्की (कास्की) र विशाल गुरुङ (कास्की) सर्वसम्मत चयन भएका हुन् । नेपालको राष्ट्रिय खेल भलिबल खेल विकासफुर्सदमा
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन

गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा १९ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट गितासिंह गुरुङ (बिक्रम) गुरुङ अध्यक्ष रहने गरि ३३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो । संस्थाका शाखा अध्यक्ष कर्ण गुरुङको सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव सन्तोष गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिकफुर्सदमा
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन मार्च १९ मा हुने

नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ स्थापित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ मा हुने भएको छ । सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा सो अधिवेशन हुने भएको हो । “विकास, अनुशासन र गतिशीलता, स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता” भन्ने नारा सहित स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड र सञ्चालनमा अभिभावकत्व प्रदान गरिरहेको यस संघले सोही दिनमा सन् २०२३ सिजनभरीकै लागि प्रतियोगी बाँडफाँडको तयारी गरिरहेको संघका अध्यक्ष भजिन्द्र क्षेत्रीलेफुर्सदमा
नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

कोरिया स्थित गौरवमय जातीय संस्था नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले यही मार्च १२ तारिक किम्हे सहरको जिकेएस हलमा चौथो अधिवेशन गर्ने भएको छ । संस्थाले आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष धनराज तामाङले जानकारी दिए । विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तामाङ जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवा पुर्याउँदै आइरहेको संस्थाले विगत चार वर्षदेखि विभिन्न समस्यामा बस्ने नानाआ ङा (दिदीबहिनी ) हरुलाई मध्यनजर गरि नाना आङा धिम अर्थात् दिदीबहिनी आवास गृह समेत संचालन गर्दै आईरहेको छ । उक्त चौथो अधिवेशनलाई सभ्य र भब्यफुर्सदमा
किम्हेमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशन मार्च १९ मा हुने

गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ तारिकमा हुने भएको छ । संस्थाले आफ्नो दोश्रो कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै गरेकोले विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने भएकोले किम्हे सहरको (경상남도 김해시 가락로 37 번길 5) हलमा सो अधिवेशन गर्ने तयारी गरेको हो । सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाको दोश्रो शाखाको रुपमा सन् २०१८ मा स्थापित यस संस्थाले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण रफुर्सदमा
मागरसंघ कोरियाको ११ औ केन्द्रिय अधिवेशन मार्च ५ मा हुने

कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन आउँदो मार्च ५ मा हुने भएको छ । संघले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको दोङ्म्योआफ स्टेशन अगाडि 수수현 सेन्टर (डेण्टल शिविर गरिएको हल) मा सो अधिवेशन गर्ने तयारी गरेको हो । सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवाफुर्सदमा
राप्ती समाजले कोरियामा आउँदो मार्च १२ मा चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्ने

राप्ती समाज दक्षिण कोरियाले यहि आउँदो मार्च १२ तारिकको दिन बहुप्रतिक्षित नेपाली कथानक चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्ने भएको छ । राप्ती कोष सहयोगार्थको रुपमा सउलको दोङ्देमुन नजिकै जोङ्गाक स्टेशनमा अवस्थित जोगेशा गुम्बा हलमा उक्त चलचित्र प्रदर्शन गर्ने भएको हो । दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आबद्व राप्तीवासी तथा नेपालीहरुबिच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै कोरियामा नेपालीहरु विच भैपरी आउने समस्या छिटो, छरितो र सरल तरिकाले समाधान गर्ने मुख्य उद्धेश्यका साथ सो चलचित्र प्रदर्शन गर्न लागिएको संस्थाका अध्यक्ष ओमलाल ओलीले जानकारी दिए । चलचित्र छक्काफुर्सदमा
कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित

२०७९ सालको मगर व्यक्तित्व घोषित हुँदै अनिल लामिछाने मगर कोरियामा सम्मानित भएका छन् । नेपाल मगर संघ दक्षिण कोरियाले हरेक बर्ष मगर समुदायमा पुर्याएको योगदानको कदर गर्दै मगर व्यक्तित्व घोषणा गर्दै आईरहेको छ । यस वर्षको अनलाईनको माध्यमबाट समाजमा पुर्याएको कामको योगदान स्वरूप माघे सकरातीको अवसर पारी लामिछाने मगर सम्मानित भएका हुन् । कोरियाको व्यस्त जीवनशैलीको बाबजुद समयलाई सदुपयोग गर्दै फेसबुक अनलाईन ग्रुप मगर संसार फोटो ग्यालरीको माध्यमबाट निकै गर्व लाग्ने उल्लेख्य कार्य गरेकोले मगर संसारका संस्थापक अध्यक्ष तथा सामाजिक अभियान्ता अनिल लामिछाने मगरलाई २०७९ अर्थात २०२३ को मगर व्यक्तित्वफुर्सदमा