स्याङ्जा भिरकोट आठथर तमू समाजले कोरियामा हर्षोल्लासका साथ मनायो तमू ल्होसार


स्याङ्जा भिरकोट आठथर तमू समाज दक्षिण कोरियाले गत डिसेम्बर ३१ तारिक शनिबार सउल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टको हलमा तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार भव्य रुपले मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै रात्रीभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित सो ल्होसार मनाएको हो ।

तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष लेसन गुरुङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विशेष अतिथि समाजका संरक्षक एवं संस्थापक अध्यक्ष नर कुमार गुरुङ, अतिथिहरुमा सोही समाजका निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार देवेन्द्र गुरुङ, तमू धीं दक्षिण कोरियाका केन्द्रीय संरक्षक भिम गुरुङ (पर्वत), सोही संस्थाका उपाध्यक्ष कमला गुरुङ, महासचिव सन्तोष गुरुङ र कोषाध्यक्ष नरेन्द्र गुरुङ, विभिन्न संघसंस्थामा आबद्ध समाजसेवी व्यक्तित्वहरु युवराज गुरुङ, पुर्ण गुरुङ, प्रितम गुरुङ, टोप गुरुङ, विपना गुरुङ, भावना गुरुङ, बोम्जन गुरुङ लगायत समाजमा आबद्ध सल्लाहकारहरु र सदस्यहरुको उल्लेख्य उपस्थिति रहेकाे थियो ।

सोही अवसरमा समाजलाई विभिन्न तरिकाले निरन्तर सहयोग गर्दै आउनुभएका आमन्त्रित अतिथि समाजसेवी भिम गुरुङ (पर्वत) र नरेन्द्र गुरुङ (स्याङ्जा) लाई दोसल्ला सहित सम्मान गरिएको थियो । आफ्नो समुदायको नयाँ वर्षको शुरुवातसँगै वर्ग अर्थात् ल्हो जाने व्यक्तित्वहरु विजय गुरुङ, सुशील गुरुङ र सुजन गुरुङ त्यसैगरी ल्हो आउने व्यक्तित्वहरु सनमाया गुरुङ, टक गुरुङ र टोप गुरुङलाई रिपा लगाई शुभकामना (स्याई स्याई) गरिएको थियो । सो कार्यक्रमका विच करिब पाँच वर्षको पहिलो कार्यकाल सकिएर स्वदेश फिर्ता हुने तयारीमा रहेका समाजमा आवद्ध सक्रिय सदस्यद्धय राम गुरुङ र अनिल गुरुङलाई सम्मान तथा विदाई कार्यक्रम जोडिएको थियाे भने कोरिया प्रवेश गरेका नव आगन्तुक सदस्य प्रेम गुरुङलाई समाजमा आबद्ध गराउँदै स्वागत र सम्मान गरिएको थियो ।

“आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नारालाई अनुशरण गर्दै विभिन्न सामाजिक र परोपकारी कार्यमा अग्रसर रहँदै सन् २०१५ मा कोरियामा स्थापित आठथर क्षेत्रको तमू (गुरुङ)हरुको साझा संस्था स्याङ्जा भिरकोट आठथर तमू समाजले सउल दोङ्देमुनमा समाज घर (सेल्टर) समेत सञ्चालनमा ल्याउँदै सेवा प्रदान गरिरहेको छ ।

समाजका वरिष्ठ उपाध्यक्ष सनमाया गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा समाजका भूपू सहसचिव तथा वर्तमान कार्यसमिति सदस्य बुद्ध गुरुङले औपचारिक र सोही समाजका वर्तमान सहसचिव नुतन गुरुङले साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेकी थिईन् । स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाद्धारा आयोजित तमू ल्होसार कार्यक्रम २०७९ लाई सफल बनाउन उपस्थित आमन्त्रित सम्पूर्ण अतिथि साथै संस्था सम्बद्ध महानुभावहरुलाई समाजले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...