स्याङ्जा परिवार दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन जनवरी २१ मा हुने


केही महिना अघि मात्रै धूमधामका साथ रजत जयन्ती मनाईसकेको कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवारको बाह्रौं केन्द्रीय अधिवेशन यही आउँदो जनवरी २१ तारिकमा हुने भएकाे छ । संस्थाको एघारौं कार्यसमिति सफलतापूर्वक कार्यकाल पूरा भई आधिकारिक र विधिवत् रुपमा अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउल जोंगाक स्थित दुर्गा रेष्टुरेन्टको छिहा हलमा सो अधिवेशन हुने भएकाे हो ।

सन् १९९७ मा स्थापना भएको “स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै आइरहेको संस्थाले स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सोही संस्थाको केन्द्रीय अध्यक्ष विजय थापाले बताए । कोरियामा आफ्नो दुई शाखाहरु विस्तार गरिसकेको र झण्डै एक दशक यता सेल्टर स्थापना गर्दै सेवा प्रदान गरिरहेको सन्दर्भ केन्द्रीय सचिव माधव अर्यालले थपे । स्याङ्जा परिवारले विशेषत: कोरियामा रहेका स्याङ्जाली र समग्र नेपालीहरु मात्रै नभएर आफ्नै गृह जिल्लाको विकास र हितको निमित्त थुप्रै परोपकारी कार्यमा अग्रसर रहँदै गृहजिल्लामा दुईवटा एम्बुलेन्स भ्यान समेत भित्र्याईसकेको संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपना गुरुङले स्पष्ट पारे ।

उक्त बाह्रौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्विजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई स्याङ्जा परिवार शाखाले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

तपसिल :
मिति : २०२१ जनवरी २१, शनिबार
समय : दिनको ठिक ११:०० बजे
स्थान : सउल जोंगाक स्थित दुर्गा रेष्टुरेन्टको छिहा हल

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सलनालमा सुम्निमा पारुहाङ साहित्य साँझ सम्पन्न
  • कवि पराजित पोमूको ‘म द्धारा मेरो निर्माण’को विमोचन
  • कवि पराजित पोमूको कविता संग्रह म द्धारा मेरो निर्माणको सार्वजानिक जनवरी २२ मा हुने
  • सलनालमा “सुम्निमा पारुहाङ साहित्य साँझ ” हुने
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...