Advertisement
SKIP THIS

कलाकार पवित्र गुरुङको साथमा थेगुमा तमू ल्होसार हर्षोल्लासका साथ सम्पन्न


कोरियाको दक्षिणी भेग थेगु सहर स्थित मेईल गार्डेनमा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार कार्यक्रम दि भ्वाइस अफ नेपाल सिजन ४ की प्रतियोगी पवित्र गुरुङको साथमा गत आइतबार भव्य रुपले सम्पन्न भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी तमू धीं दक्षिण कोरिया थेगु शाखाले दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित सो ल्होसार मनाएको हो ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” भन्ने तमू (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै आईरहेको तमू धीं दक्षिण कोरियाका थेगु शाखा अध्यक्ष गणेश गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थाका सल्लाहकार बिल गुरुङले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा तमू धीं दक्षिण कोरियाका सल्लाहकार बुद्धि गुरुङ, विशेष अतिथिहरुमा लमजुङ परिवार दक्षिण कोरियाकी कोषाध्यक्ष कमला गुरुङ, थेगु नेपाली मञ्चका अध्यक्ष भानु घिमिरे र सोही मञ्चका उपाध्यक्ष रमेश राना मगर, तारा रेष्टुरेन्टका प्रोप्राइटर तथा आमन्त्रित कलाकार स्पोन्सर चिरन पाण्डे लगायत विभिन्न जातीय, क्षेत्रीय, राजनैतिक, धार्मिक संघसंस्थाको अध्यक्ष एवं प्रतिनिधि साथै संस्था सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तारा गुरुङको संयोजकत्व रहेको सो ल्होसार कार्यक्रम अन्तर्गत पहिलो खण्डको औपचारिक कार्यक्रम सोही शाखाका सचिव मदन गुरुङले सञ्चालन गरेका थिए । स्थानीय कलाकारहरुको बेजोड मौलिक साँस्कृतिक प्रस्तुति सहित नेपालबाट आमन्त्रित कलाकार पवित्र गुरुङको सांगीतिक प्रस्तुतिले ल्होसारलाई अझ विषेश र संगीतमय बनाएको थियो भने अतिथि कलाकार आशुसेन लामाकाे प्रस्तुतिले थप रौनकता बढाएको थियो । साँस्कृतिक संयोजक मीरा गुरुङको सहजीकरणमा दोश्रो खण्ड अन्तर्गतको साँस्कृतिक कार्यक्रमको सञ्चालन मुकेश गुरुङ र समीक्षा गुरुङले गरेका थिए ।

तीन सय पचास भन्दा बढि सङ्ख्यामा उपस्थिति रहेको तमू धीं दक्षिण कोरिया थेगु शाखाद्धारा आयोजित उक्त “तमू ही-ल्होसार २०७९” लाई सभ्य र भव्य सफल बनाउन उपस्थित सम्पूर्ण महानुभावहरुलाई आयोजक संस्थाले धन्यवाद व्यक्त गरेको छ ।

अन्य फोटोको लागि संस्थाको पेज हेर्नुहोला ।

https://www.facebook.com/profile.php?id=100030580269335

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...