कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित


२०७९ सालको मगर व्यक्तित्व घोषित हुँदै अनिल लामिछाने मगर कोरियामा सम्मानित भएका छन् । नेपाल मगर संघ दक्षिण कोरियाले हरेक बर्ष मगर समुदायमा पुर्याएको योगदानको कदर गर्दै मगर व्यक्तित्व घोषणा गर्दै आईरहेको छ । यस वर्षको अनलाईनको माध्यमबाट समाजमा पुर्याएको कामको योगदान स्वरूप माघे सकरातीको अवसर पारी लामिछाने मगर सम्मानित भएका हुन् ।
कोरियाको व्यस्त जीवनशैलीको बाबजुद समयलाई सदुपयोग गर्दै फेसबुक अनलाईन ग्रुप मगर संसार फोटो ग्यालरीको माध्यमबाट निकै गर्व लाग्ने उल्लेख्य कार्य गरेकोले मगर संसारका संस्थापक अध्यक्ष तथा सामाजिक अभियान्ता अनिल लामिछाने मगरलाई २०७९ अर्थात २०२३ को मगर व्यक्तित्व घोषणा गर्दै विशेष सम्मान पत्र प्रदान गरिएको नेपाल मगर संघ गणतन्त्र कोरियाका अध्यक्ष टेक पुन मगरले जानकारी दिए । सो सम्मान नेपाली राजदूतावास सउल, कोरियाका उपनियोग प्रमुख रामसिंह थापा र संघका अध्यक्ष टेक पुन मगरद्धारा सामूहिक रुपमा हस्तान्तण प्रदान गरिएको हो ।

“भेषभूषा, भाषा, धर्म, लिपि, संस्कार, संस्कृतिलाई संरक्षण गरौं, विश्वभरिका मगरलाई एकजुट गराऔं” भन्ने नाराका साथ २०७४ सालमा स्थापित फेसबुक अनलाईन ग्रुप/पेज मगर संसार फ़ोटो ग्यालरी मगर समुदायको एउटा परिचित सबैभन्दा झण्डै ठुलो २ लाख लगभग ८० हजार सदस्यहरु रहेको छ र सहकर्मी ३० जना एडमिन रहेका छन् । स्याङ्जा चापाकोट ४ पिपलडाँडामा जन्मेका हाल रूपन्देही जिल्ला देवदह ७ सितलनगर निवासी हाल कोरिया थेगुमा कार्यरत मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगर हुन् । कोरियामा रहेर ब्यस्त समयको बाबजुद समाजको लागि सामाजिक सञ्जालको माध्यमबाट विश्वभरिका मगरलाई एकजुट मात्र होइन धेरै उदाहरणीय काम गरिरहेका छन् ।

अनिल लामिछाने मगरको नेतृत्वमा मगर संसारको माध्यम /पहलबाट आजसम्म

१४१ जना दिनदुःखी, गरीब, बिरामी, अशक्त, अपांग, पिडितहरुलाई १ करोड २० लाख बढी आर्थिक संकलन गरेर सहयोग हस्तांतरण गरिसकेको छ । मुटु रोगी, क्यान्सर रोगी, मृगौला पिडित, पाठेघार क्यान्सर, रुखबाट लडेका घाइतेलाई उपचार, सुत्केरी महिलाको स्वास्थ्य समस्या, बोनम्यारो, ब्लड क्यान्सर, कलेजो बिरामी, ट्यूमर बिरामी लगायत धेरैलाई आर्थिक सहयोग मात्र होइन अन्य धेरै काम गरेको छ । जसमा
१) नवलपुरका कालू अपांगलाई घर निर्माण
२) पाल्पाका बिशकर्मा बाजेलाई घर निर्माण
३) बुटवल र पोखरामा अपांग अशक्त बृद्धाहरुलाई सेनिटाइजर ,माक्स तथा खाना सहयोग
४) आगोलागिबाट घर जलेका, बाढी पहिरोमा परेकालाई खाद्यान्न, जिन्सी र आर्थिक सहयोग
५) गरिब बिद्यार्थीलाई छात्रवृति, अपांग अशक्तलाई आर्थिक सहयोग
६) १५ महिने मगर भाषा अनलाईन क्लास सम्पन्न
७) ५ दिने उद्घोषण अनलाईन तालिम सम्पन्न
८) ५ दिने मगर पंडित वापा मापा अनलाईन तालिम सम्पन्न
९) ४० ओटा रचनात्मक तथा चेतनामुलक अनलाईन प्रतियोगिता सम्पन आदि ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...