Advertisement
SKIP THIS

स्याङ्जा परिवार दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशनबाट भक्त थापाकाे नेतृत्वमा कार्यसमिति चयन


कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । सउलको जोंगाक स्थित हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट भक्त थापा अध्यक्ष रहने गरी नयाँ कार्यसमिति गठन भएको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष विजय थापाको सभाध्यक्ष र नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, विशेष अतिथिहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष दीपक पुन, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (ICC) का अध्यक्ष टुकराज अर्याल (सामाजिक सञ्जाल मार्फत पदीय मर्यादा), केन्द्रीय सल्लाहकारद्धय नरेन्द्र गुरुङ र कुमार थापा, गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी, अतिथिहरुमा नेपाल वाणिज्य संघ केन्द्रीय सदस्य विक्रान्त श्रेष्ठ, केन्द्रीय सल्लाहकारहरु, किम्हे/बुसान शाखाका निवर्तमान अध्यक्ष कमल अर्याल र सोही शाखाका उपाध्यक्ष गोकुल पौडेल, थेगु शाखाका अध्यक्ष मित्र मगर एवं सोही शाखाका उपाध्यक्ष प्रदिप रेग्मी, केन्द्रीय विभागीय प्रमुखहरु, विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, केन्द्र/शाखा संस्थाका अग्रज व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेकाे थियो ।

संस्थाका उपाध्यक्ष भक्त थापाको स्वागत मन्तव्यसँगै शुरु भएको उद्घाटन सत्रको कार्यक्रममा संस्थाको प्रगति विवरण सहित एघारौं कार्यसमितिको सम्पूर्ण गतिविधिहरु बूँदागत रुपमा केन्द्रीय सहसचिव सुशिल अर्यालले प्रस्तुत गरेका थिए भने सहकोषाध्यक्ष कमल रेग्मी “धनु”ले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि श्री प्रसाद श्रेष्ठले स्याङ्जा परिवारको हरेक कार्य र क्रियाशिलताको प्रशंसा गर्दै कोरियामा अभिभावकत्व प्रदान गरिरहेको पुरानो छाता संस्था नेपाली सम्पर्क समिति (NCC) सँगको सहकार्य र समन्वय हमेशा रहनुपर्ने अपेक्षा सहित अन्य आमन्त्रित उपस्थित अतिथिहरुले परदेशी भूमिमा अपनत्व महसूस हुने गरि स्याङ्जा परिवारले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भमा खुशी व्यक्त गर्दै विभिन्न कालखण्डमा भएको हरेक गतिविधिको खुलेर प्रशंसा अधिवेशन सफलताको शुभकामना सहित अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत कुमार थापाकाे संयोजकत्वमा नरेन्द्र गुरुङ, युवराज गुरुङ, भावना गुरुङ, पूर्ण गुरुङ, मित्रबन्धु काफ्ले, डा. ज्ञानराज कोईराला, कमल अर्याल र विष्णु वाग्ले लगायतको निर्वाचन मण्डलले २१ सदस्यीय (एक सदस्य पदपूर्ति गर्न बाँकी) कार्यसमिति गठन गरेको छ । जस अन्तर्गत अध्यक्षमा भक्त थापा, वरिष्ठ उपाध्यक्ष सुशिल गुरुङ, उपाध्यक्ष माधव अर्याल, कमल रेग्मी “धनु”, महिला उपाध्यक्ष मञ्जु गुरुङ (रेश्मा), सचिव टोजिन्द्र गुरुङ, सहसचिव रामप्रसाद पंगेनी, कोषाध्यक्ष अर्जुन अर्याल, सहकोषाध्यक्ष सीता मोची र सदस्यहरुमा कृष्ण गुरुङ, शालिग्राम अर्याल, खिम सिङ्जाली मगर, लालु सिङ्जाली मगर, नारायण न्यौपाने, दुर्गा भण्डारी, गुरुदत्त डुम्रे, चेत बहादुर गाहा मगर, रबिन पंगेनी, अनिल अधिकारी (राजु) र टोप बहादुर थापा मगर आदि रहेका छन् ।

उद्घाटन सत्रमा संस्थाका केन्द्रीय सचिव माधव अर्याल र बन्द सत्रमा निर्वाचन मण्डल संयोजक कुमार थापाले कार्यक्रम सञ्चालन गरेका थिए । सोही अवसर पारेर संस्थाले स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा सम्पन्न रजत जयन्ती समारोहलाई सहयाेग गर्नुहुने बाँकी व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम समेत जोडिएको थियो । अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर बाह्रौं अधिवेशन सफल पार्नको निमित्त उपस्थित जनाउनुहुने आमन्त्रित अतिथिहरु, संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा स्याङ्जा परिवार केन्द्रीय कार्य समितिले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...