कोरिया किम्हेमा सलनालकाे २३ तारिक पूल प्रतियोगिता हुने


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया बुसान शाखाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर किम्हे लुम्बिनी रेष्टुरेन्टकाे हलमा यही जनवरी २३ तारिक पूल प्रतियोगिता आयोजना गर्ने भएको छ । “स्वास्थ्य र मनाेरञ्जनकाे लागि खेल” भन्ने मुल नाराका साथ नेपालमा रहेकाे डा. महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रको (NATIONAL INNOVATION CENTER) सहयोगार्थ उक्त पूल प्रतियोगिता आयाेजना गर्ने भएको हो ।

प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः तेह्र लाख, सात लाख र तीन लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट एक खेलाडीलाई साठी हजार कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने सो संघको अध्यक्ष सानुराज मगरले जानकारी दिए । जनवरी २२ सम्म खेलाडी नाम दर्ता गर्न सकिने, खेलाडीलाई प्रवेश शुल्क स्वरुप साठी हजार कोरियन वोन निर्धारण गरिएको र सो शुल्कसँगै नि:शुल्क एक सेट नेपाली खानाको व्यवस्था गरिएको जनाइएको छ ।

काेरियामा रहेको नेपालीहरुकाे साझा समस्या, नेपाली राजदुतावाससँग सम्बन्धित समस्याहरु, श्रमिक कानुनी परामर्श तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरू गर्दै आइरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) ख्यङ्साङ्नाम्दाे बुसान शाखा दक्षिण काेरियाद्धारा आयोजित उक्त प्रतियगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

#NRNA_POOL_TOURNAMENT_2023″ मा खेलाडीको दर्ता

बैंक खाता नम्बर: (3021220364491 NH Bank ) Ghale Shrestha Kamla

सम्पर्क नम्बरहरू :
सुबोध भण्डारी 01098617553
कमला घले 01023756116
साजन थापा 01074741988
सानुराज मगर 01034654440
गोकुल पौडेल 01059480332

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सलनालमा सुम्निमा पारुहाङ साहित्य साँझ सम्पन्न
  • कवि पराजित पोमूको ‘म द्धारा मेरो निर्माण’को विमोचन
  • कवि पराजित पोमूको कविता संग्रह म द्धारा मेरो निर्माणको सार्वजानिक जनवरी २२ मा हुने
  • सलनालमा “सुम्निमा पारुहाङ साहित्य साँझ ” हुने
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...