Advertisement
SKIP THIS

चितवन सम्पर्क समितिले सलनालमा आयोजना गर्ने सांगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक जनवरी ०१ मा गर्ने


कोरिया स्थित क्षेत्रीय संस्था चितवन सम्पर्क समितिले कोरियन नयाँ वर्ष सलनाल २०२३ को अवसर पारेर चितवन सांगीतिक धमाका ४ म्यूजिकल नाईटको पोष्टर सार्वजानिक तथा पत्रकार सम्मेलन हुने भएको छ । सलनाललाई लक्षित गर्दै आयोजना गरिने सो कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीमा आयोजक संस्था जुटिरहेको सोही संस्थाका अध्यक्ष राजकुमार स्याङ्तनले बताए ।

बागमती प्रदेश एकता समाज दक्षिण कोरिया अन्तर्गत रहेका दश जिल्लाहरुको पूर्ण साथ, समर्थन र निर्णयात्मक अनुमोदन गरिएकोले कार्यक्रम सफल र थप उत्साहजनक सोही प्रदेश अध्यक्ष रबि प्रताप घिसिङले बताए । अभिभावकत्व प्रदान गर्ने उद्धेश्यले सन् २०१८ मा कोरियामा स्थापना गरिएको बागमती प्रदेश एकता समाज प्रदेशको समन्वय र मातहतमा रहने गरि चितवन सम्पर्क समितिले सो कार्यक्रम आयोजना गर्न गईरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष सागर सापकोटाले थपे । संस्थाले स्थापना कालदेखि विभिन्न सामाजिक र परोपकारी कार्यमा अग्रसरता देखाउँदै आइरहेको सन्दर्भ उल्लेख गर्दै कार्यक्रमको उद्धेश्य, औचित्यता र पूर्ण जानकारी सहित यही जनवरी ०१ तारिक पोष्टर सार्वजनिक गरिने जानकारी संस्थाका महासचिव विनोद चौधरीले स्पष्ट पारे ।

चितवन सम्पर्क समितिले आयोजना गर्न लागिरहेको चितवन सांगीतिक धमाका ४ म्यूजिकल नाईट कार्यक्रमको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन तपसिलका मिति, समय र स्थानमा हुने भएकाेले कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक संस्थाले उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ ।

पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम :
मिति : २०२३ जनवरी ०१, आइतबार
समय : दिनको ठिक ११:०० बजे
स्थान : निक ट्राभल्सको सभाहल दोङ्देमुन, सउल

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...