Advertisement
SKIP THIS

कोरियाको बुसानमा विविध साँस्कृतिक कार्यक्रम सहित तमू ल्होसार धूमधाम मनाईयो


तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार गत आइतबार बुसान स्थित जिकेएस हलमा भव्य रुपले मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित सो ल्होसार मनाएको हो ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” भन्ने तमू (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै आईरहेको तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखामा अध्यक्ष कर्ण गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष विक्रम गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाकी अध्यक्ष परी गुरुङ, विशेष अतिथिहरुमा गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राई, एनसिसि बुसान अध्यक्ष संगीत अधिकारी, न्यू भिजन ग्रुपका सचिव जीवन शर्मा, नेपाल तामाङ घेदुङ बुसान शाखाका अध्यक्ष धनराज तामाङ, नेपाल मगर संघ बुसान शाखाका अध्यक्ष दिल तारमी मगर, किराँत याक्थुङ चुम्लुङ बुसानका अध्यक्ष सञ्जोग कन्दवा, किराँत राई यायोक्खा बुसानका अध्यक्ष हेमन्त खिम्बुले राई, तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका संरक्षक गोपाल गुरुङ लगायत विभिन्न जातीय, क्षेत्रीय, राजनैतिक, धार्मिक संघसंस्थाको अध्यक्ष एवं प्रतिनिधि साथै संस्था सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

संस्थाका निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार अनिश गुरुङको संयोजकत्व रहेको सो ल्होसार कार्यक्रमको औपचारिक र साँस्कृतिक कार्यक्रम तेजु गुरुङले सञ्चालन गरेका थिए । स्थानीय कलाकारहरुको बेजोड मौलिक साँस्कृतिक प्रस्तुति रहेकाे उक्त कार्यक्रममा गायक हेमन्त गुरुङ र अतिथि कलाकार अर्जुन लिम्बुको सांगीतिक प्रस्तुतिले भरपूर मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा उल्लेख्य बाक्लो उपस्थिति रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाद्धारा आयोजित उक्त “तमू ही-ल्होसार २०७९” लाई सभ्य र भव्य सफल बनाउन उपस्थित सम्पूर्ण महानुभावहरुलाई आयोजक संस्थाले धन्यवाद व्यक्त गरेको छ ।

अन्य फोटोको लागि संस्थाको फेसबुक पेज हेर्नुहोला ।
https://www.facebook.com/tamudhibusan

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...