स्याङ्जा परिवार कोरियाको किम्हेरबुसान शाखाको चौथो अधिवेशन सम्पन्न

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाको चाैथाे अधिवेशन सम्पन्न भएको छ । किम्हेको कोरिया माइग्रेन्ट हाउसको हलमा १५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट आशिष रानाभाट अध्यक्ष रहने गरि २३ सदस्यीय संरचनाको चाैथाे कार्यसमिति गठन भएको हो ।
संस्थाका शाखा अध्यक्ष कमल अर्यालको सभाध्यक्ष र स्याङ्जा परिवार दक्षिण केन्द्रीय अध्यक्ष विजय थापाको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका वरिष्ठ उपाध्यक्ष आशिष रानाभाटको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा सचिव डिबि शिव पोख्रेलले प्रगति विवरण र कोषाध्यक्ष शंकर पोख्रेलले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका केन्द्रीय अध्यक्ष विजय थापाले परदेशी भूमिमा अपनत्व महसूस हुने गरि स्याङ्जा परिवारले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भ उल्लेख गर्दै अझ संस्थाको मजबुतिको लागि एकता अपरिहार्यता रहेकाे तर्क अघि सारे । विशेष अतिथिको रुपमा उपस्थित केन्द्रीय सल्लाहकार लेसन गुरुङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राई, एनसीसी बुसान अध्यक्ष संगीत अधिकारी, जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष ईश्वर कठायत, स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय उपाध्यक्ष भक्त थापा, नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाकी अध्यक्ष परी गुरुङ, तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष कर्ण गुरुङ, स्याङ्जा परिवार थेगु शाखाका अध्यक्ष मित्र मगर र किम्हे/बुसान क्षेत्र आसपासका अन्य संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा किम्हे बुसान शाखाको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित वक्ताहरुले संस्थाप्रतिको आ-आफ्नो धारणा राखेका थिए ।
दोश्रो चरणको बन्द सत्र अन्तर्गत छबिन रानाको संयोजकत्वमा विजय थापा, कमल अर्याल, सागर पोख्रेल र मित्र मगर सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा आशिष रानाभाट, वरिष्ठ उपाध्यक्ष रमेश काफ्ले, उपाध्यक्ष डिबि शिव पोख्रेल, उपाध्यक्ष केशव ढकाल, उपाध्यक्ष राजेश काफ्ले, उपाध्यक्ष गोकुल पौडेल, महिला उपाध्यक्ष कल्पना काफ्ले, सचिव रसिक पाण्डेय, सहसचिव सुशिल अर्याल, कोषाध्यक्ष शंकर पौडेल, सहकोषाध्यक्ष रोहित पाठक र सदस्यहरुमा टेकन राना, रबिन ढकाल, मनोज काफ्ले, सागर लामिछाने, सुवास काफ्ले, सागर पराजुली, सुजन पौडेल, अमित थापा, दीपक सुवेदी, अमृता थापा मगर, सुष्मा सुवेदी र माया गुरुङ रहेका छन् । उद्घाटन सत्रमा संस्थाका सचिव डिबि शिव पोख्रेल र बन्द सत्रमा संस्थाका संरक्षक सागर पोखरेलको विशेष सहजीकरणमा छबिन रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।
संस्था भित्र वा बाहिर रहेर विभिन्न तवरले सहयाेग र संस्थागत क्रियाकलापहरुमा योगदान पुर्याउनु लेसन गुरुङ, बोम्जन गुरुङ, परी गुरुङ, बीरेन्द्र नौभाग्य, वाणीराज रेग्मी, सुमन अधिकारी, रसिक पाण्डेय, रमेश काफ्ले लाई सोही समारोहका विच सम्मान कार्यक्रम जोडिएको थियाे साथै अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर चौथौ अधिवेशन सफल पार्नको कार्यक्रममा उपस्थित जनाउनुहुने संस्थाका केन्द्रीय समिति र थेगु शाखाका आमन्त्रित अतिथिहरु, किम्हे, बुसान, मिर्याङ आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा स्याङ्जा परिवार किम्हे/बुसान शाखाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।