Bomjan Gurung
२०२३ छुसकमा हुने आँधीखोला सांगीतिक सौगात-६ को पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न

स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर आयोजना गर्ने “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रमको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिकमा हुने सो कार्यक्रमको गत आइतबार सउलमा सो पत्रकार सम्मेलन गरिएको हो । संस्थाको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ संयोजक रहने गरी मूल आयोजक समिति गठन गरेको छ । सांगीतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकार आउने पक्कापक्की भइसकेकोले कार्यक्रम ब्यापक हुने विश्वास संयोजक गुरुङले व्यक्त गरे ।फुर्सदमा
दक्षिण कोरियाबाट क्यान्सर पिडित पूजालाई दुई लाख रुपैयाँ सहयोग

स्याङ्जा जिल्लाको फेदीखोला -२, निवासी क्यान्सर बिरामी पूजा अधिकारी कार्कीलाई कोरियाबाट आर्थिक सहयोग प्रदान गरिएको छ । भारतको दिल्लीमा रहेको डा.बि.आर. अम्बेडकर रोटरी क्यान्सर अस्पतालमा उपचारार्थ रहेकी निजको आर्थिक अवस्था कमजोर रहेकोले कोरियामा कार्यरत रहेका भोज बहादुर थापाको विशेष पहलमा सङ्कलित रकम १९ लाख, ६९ हजार, १ सय ३९ कोरियन वोन अर्थात २ लाख, १ हजार, ५ सय रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण गरिएको हो । हाल कोरियामा कार्यरत स्याङ्जा फेदीखोला -२, बडाचौर स्थायी घर भएका सामाजिक अभियान्ता भोज बहादुर थापाको विशेष सक्रियतासँगै कोरियामा एक सफल व्यवसायी तथा NRNA कोरियाको वरिष्ठफुर्सदमा
तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशनबाट रुपा गुरुङ नेतृत्वको कार्यसमिति चयन

दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुनको नेपाल थाई रेष्टुरेन्टको सभा हलमा जूलाई ०९ तारिक सम्पन्न सो महाधिवेशनबाट रुपा गुरुङ अध्यक्ष रहने गरि १७ सदस्यीय संरचनाको दशौं कार्यसमिति गठन भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष लेसन गुरुङको सभाध्यक्ष र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका महासचिव सन्तोष गुरुङले प्रगति विवरणफुर्सदमा
तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशनको बन्द सत्र कार्यक्रम जूलाई ०९ मा हुने

दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक दशौं केन्द्रीय महाधिवेशनको दोश्रो चरण अन्तर्गतको बन्द सत्र कार्यक्रम र नयाँ कार्यसमिति चयन जूलाई ०९ तारिक हुने भएको छ । संस्थाले गत ०२ तारिक महाधिवेशन गर्ने सम्पूर्ण तयारी पूरा गर्दै गर्दा सोही दिनमा संस्थाको विधान संशोधन गर्ने कार्यक्रमले समय लम्बिन गएकोले बन्द सत्र र नयाँ कार्यसमिति चयन प्रक्रिया सोही स्थान सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा जूलाई ०९ तारिक दिउँसो १२ बजे शुरु हुने गरी सारिएको हो । महाधिवेशनको उद्घाटन सत्र र कार्यसमिति विघटन भईसकेकोफुर्सदमा
चलचित्र छक्कापञ्जा ४ प्रदर्शनको आर्थिक विवरण सार्वजनिक, ३५ लाख कोरियन वोन आगलागी पिडितलाई सहयोग

मनोरञ्जनको साथसाथै सहयोग गरौं भन्ने उद्धेश्यका साथ तेह्रथुम जिल्लाको अठाराई गाउँपालिका वडा नम्बर ६ मा भएको भीषण आगोलागीबाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरेको नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ को आर्थिक विवरण सार्वजनिक गरिएको छ । कार्यक्रमको कुल बचत ४६ लाख ५७ हजार ३ सय १०कोरियन वोन मध्ये ३० लाख र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख गरि ३५ लाख कोरियन वोन बराबरको नगद तथा जिन्सी पिडित परिवारहरुलाई हस्तान्तरण गरिएको छ । बाँकी १६ लाख ५७ हजार ३ सय १० कोरियन वोन नाना आङा धिम (महिलाफुर्सदमा
मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने

कोरिया स्थित क्रियाशील क्षेत्रीय संस्था म्याग्दी प्रवासी संघ (मोना) कोरियाले आउँदो जुलाई २९ र ३० तारिक दुई दिने बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२३ आयोजना गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुको एकता अझ मझबुत र प्रगाढ बनाउने उद्धेश्यले मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित जेबुदाे आइल्याण्डमा सो कार्यक्रम गरिने भएको हो । उक्त बनभोज कार्यक्रम मार्फत कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा रहेका म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरु विचको एकता र आत्मीयता अभिबृद्धिमा टेवा पुग्ने विश्वास संस्थाका अध्यक्ष सुनेश केसीले व्यक्त गरे । जेबुदो आइल्याण्डको मनोरम दृश्य अवलोकनसँगैफुर्सदमा
नेपाल गोरखा परिवारले जुलाई २२ र २३ तारिक दुईदिने बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित नेपाल गोरखा परिवारले आउँदो जुलाई २२ र २३ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । बृहत भेटघाट हुने अवसर जुटाउँदै मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित योङ्इन स्थित (용인 로드47 펜션) मा सो कार्यक्रम गरिने भएको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध गोरखाली दाजुभाई तथा दिदीबहिनीहरुविचको एकता र आत्मीयता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए । मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रम ब्यापक हुनेफुर्सदमा
२०२३ छुसकमा मनोरञ्जनको सांगीतिक फुल प्याकेज “आँधीखोला सांगीतिक सौगात-६”

स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर “आँधीखोला सांगीतिक सौगात-६” आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिक (छुसकको दोश्रो दिन) मा सो कार्यक्रम गर्ने भएको हो । पछिल्लो पटक बसेको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ कार्यक्रम संयोजक रहने समिति गठन गरिएको छ । प्रारम्भिक चरणको बैठक सम्पन्नसँगै केही कलाकार आउने लगभग निश्चित भईसकेको र बाँकी प्रस्तावित कलाकारहरु भिषा लगायतको अन्य काम तीव्र गतिमा भईरहेको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।फुर्सदमा
मुन्माक एफसीले रच्यो इतिहास, विजेता बन्दै पायो १३ लाख कोरियन वोन

कोरिया स्थित छुङ्छङ्बुक्दोमा लोटस फूटबल क्लबद्वारा आयोजित “6A साईड फूटसल प्रतियोगिता २०२३” को उपाधी मुन्माक फूटबल क्लबले आफ्नो पोल्टामा पारेको छ । छुङ्छङ्बुक्दो स्थित खेलमैदानमा गत आईतबार १८ तारिक सम्पन्न उक्त प्रतियोगिताको फाईनलमा हिमालयन फूटबल क्लब मुगुक “B” लाई पाखा लगाउँदै मुन्माक एफसी विजेता बनेको हो । सो प्रतियोगिताको फाईनलमा १ को विरुद्ध ३ गोलले विजयी बनेको मुन्माक फूटबल क्लबले नगद १३ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्यो भने उपविजेता हिमालयन फूटबल क्लबले ७ लाख कोरियन वोन सहित पुरस्कृत भए । १३ टिमको सहभागिता रहेको सो प्रतियोगिता सफल बनाउन सहभागीफुर्सदमा
कोरियाको किम्हेमा गुरुङ चलचित्र ‘बारा-पोखरी’ जून २५ मा प्रदर्शन हुने

धेरै लामो समयपछि दक्षिण कोरियाको किम्हेमा गुरुङ भाषाको चलचित्र “बारा-पोखरी” प्रदर्शन हुने भएको छ । तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको आयोजनामा यही जून २५ तारिख बुसान किम्हे सहरको (김해시 분성로 33522-1,28) हलमा सो चलचित्र प्रदर्शन हुने भएको हो । पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेश भित्र रहेर चलचित्र तयार पारिएको निर्माण पक्षले बताउँदै नेपालका गाउँहरु दिन प्रतिदिन रित्तिदै गएका कारणहरु,त्यसले निम्त्याएका समस्याहरुले देखि लिएर आफ्नो गाउँ ठाउँप्रतिको मायामोह र स्नेह सँगै गाउँ संरक्षणका निम्ति के कस्ता जिम्मेवारीहरु हुन सक्छन् भन्ने सन्देश चलचित्रमा देखाइएको छ ।फुर्सदमा