Advertisement
SKIP THIS

तमू धीं दक्षिण कोरिया दशौँ कार्यसमितिको पहिलो बृहत बैठक सम्पन्न


सबनम गुरुङ,१४ अगष्ट, २०२३, दक्षिण कोरिया

गत आईतबार कोरियावासी तमूहरुको साझा संस्था तमू धीं दक्षिण कोरियाको दशौं कार्यसमितिको पहिलो बृहत् बैठक सम्पन्न भएको छ । तमू धीं दक्षिण कोरियाका अध्यक्ष रुपा गुरुङको सभापतित्व, संस्थाका संरक्षक परिषद संयोजक भिम गुरुङको प्रमुख अतिथित्यतामा सम्पन्न भएको आजको बैठककमा दशौँ कार्यसमितिको मनोनयनमा गरेको संरक्षक परिषद, सल्लाहकार समितिका सदस्यहरु, विभिन्न विभागीय संयोजक, उपसंयोजकहरु सम्पूर्णलाई अतिथिका रुपमा आसन ग्रहणसँगै कार्यसमितिको तर्फबाट स्वागत तथा सम्मान कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रम संस्थाका महासचिव याद ब. गुरुङले सञ्चालन गर्नुभएको थियो ।

संरक्षक परिषद :-
१. भिम गुरुङ, संयोजक (पर्वत),
२. हर्कमान गुरुङ, सदस्य (ताप्लेजुङ)
३. जित ब. गुरुङ,सदस्य (लमजुङ)

सल्लाहकार समिति:-
१. लेसन गुरुङ, प्रमुख सल्लाहकार (स्याङ्जा)
२. खोम प्रसाद गुरुङ, वरिष्ठ सल्लाहकार (कास्की)
३. भिम गुरुङ, वरिष्ठ सल्लाहकार (लमजुङ)
४. प्रीतम गुरुङ, वरिष्ठ सल्लाहकार(रुपन्देही)
५. बुद्धि गुरुङ, सल्लाहकार (कास्की)
६. बिपिन गुरुङ, सल्लाहकार (बागलुङ)
७. बिजय गुरुङ, सल्लाहकार (कास्की)
८. कृष्ण (ब्रो) गुरुङ, सल्लाहकार (रुपन्देही)
९. सन्तोष गुरुङ, सल्लाहकार (कास्की)
१०. देव नारायण गुरुङ, सल्लाहकार (कास्की)
११. पुर्ण गुरुङ, सल्लाहकार (स्याङ्जा)
१२. ईन्द्र बहादुर गुरुङ, सल्लाहकार (कास्की)
१३. लक्ष्मी गुरुङ, सल्लाहकार (कास्की)
१४. जुनु गुरुङ, सल्लाहकार (लमजुङ)
१५. युवराज गुरुङ, सल्लाहकार (स्याङ्जा)
१६. नर कुमार गुरुङ, सल्लाहकार (स्याङ्जा)
१७. बिक्रम गुरुङ,सल्लाहकार (स्याङ्जा)
१८. चित्र (घले) गुरुङ,सल्लाहकार (खोटाङ)
१९. कमला गुरुङ, सल्लाहकार (कास्की)
२०. हर्क गुरुङ, सल्लाहकार (देगु शाखा)
२१. गोपाल गुरुङ, सल्लाहकार (बुसान शाखा)

सञ्चार विभाग
१. सबनम गुरुङ संयोजक, कास्की
२. उर्मिला गुरुङ सदस्य, काठमाडौ

साँस्कृतिक विभाग
१. आरती गुरुङ संयोजक, कास्की
२. नर बहादुर गुरुङ सदस्य, गोरखा

महिला विभाग
१. मञ्जु गुरुङ, कास्की

खेलकुद विभाग
१. कृष्ण गुरुङ (ब्रो) संयोजक, रुपन्देही
२. तेज गुरुङ सदस्य, कास्की
३. रुप गुरुङ सदस्य,कास्की

संस्थाको वरिष्ठ उपाध्यक्ष तेज गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको औपचारिक बैठकमा नवौं कार्यसमितिमा आवद्ध रहेर संस्थाको हितमा काम गरेर सफल कार्यकाल पुरा गर्नुभएका पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन, प्रमाणपत्र सहित सम्मान तथा बिदाई कार्यक्रम र भर्खरै सम्पन्न गैर आवसिय नेपाली संघ, NRNA दक्षिण कोरियाको बिजेता तमू उम्मेदवारहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको थियो, ICC सदस्यमा निर्विरोध निर्वचित हुनुभएका हर्कमान गुरुङ, नव गठित कार्यसमितिको अध्यक्ष बुद्धि गुरुङ र महिला संयोजक निला राई गुरुङ लाई क्रमशः फेटा (क्रेगी) र दोसल्ला ओढाएर बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा निबर्तमान अध्यक्ष लेसन गुरुङले आफ्नो कार्यकालको अनुभव र आउँदो कार्यकालको सफलताको शुभकामना दिदैँ आफ्नो मन्तव्य दिनुभयो । साथै संस्थाका संरक्षक प्रमुख भिम गुरुङ लगायत संरक्षक समितिका सदस्यहरु जित ब. गुरुङ र हर्कमान गुरुङले आ-आफ्नो मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम संचालक संस्थाका महासचिव याद ब. गुरुङले पहिलो चरणको औपचारिक कार्यक्रमलाई टुङ्ग्याउँदै कार्यक्रमको दोस्रो चरणमा संस्थाका पदाधिकारीहरु लगायत सल्लाहकार, अग्रज साथै शुभचिन्तक हरु बिच कार्यसमितिको प्रस्तावित कार्ययोजना बारे छलफल तथा आ-आफ्नो धारणा तथा सुझाव दिदैँ कार्यक्रम सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...