Advertisement
SKIP THIS

नेपाल गोरखा परिवारले जुलाई २२ र २३ तारिक दुईदिने बनभोज कार्यक्रम आयोजना गर्ने


कोरिया स्थित नेपाल गोरखा परिवारले आउँदो जुलाई २२ र २३ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । बृहत भेटघाट हुने अवसर जुटाउँदै मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित योङ्इन स्थित (용인 로드47 펜션) मा सो कार्यक्रम गरिने भएको हो ।

कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध गोरखाली दाजुभाई तथा दिदीबहिनीहरुविचको एकता र आत्मीयता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए । मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रम ब्यापक हुने संस्थाका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

“प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने  संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको नेपाल गोरखा परिवार दक्षिण कोरियाद्धारा आयोजित उक्त बृहत भेटघाट तथा बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई ९०,००० र महिलाका लागी ७०,००० कोरियन वोन निर्धारण गरिएको संस्थाका सहसचिव देवि गौतमले स्पष्ट पारे ।

कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनुहुन समस्त गोरखाली तथा गैर गोरखाली महानुभावहरुमा आयोजक संस्थाले हार्दिक अपिल गर्दै ईच्छुक व्यक्तिहरुले आफूलाई पायक पर्ने स्थानबाट सहभागी हुने गरी संस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गरेर यथासक्य छिटो नाम टिपाउनुहुन समेत अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...