Advertisement
SKIP THIS

गण्डकी प्रदेश समाज दक्षिण कोरियाले अगष्ट २० मा अन्तर्क्रिया तथा सम्मान कार्यक्रम आयोजना गर्ने


कोरिया स्थित प्रादेशिक संस्था गण्डकी प्रदेश समाजले आउँदो यही अगष्ट २० तारिक अन्तर्क्रिया तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । गत वर्ष अर्थात् सन् २०२२ मा स्थापना भएको समाजले स्थापनाको छोटो अवधिमा हालसम्मको गतिविधिबारे स्पष्ट गराउँदै आगामी कार्यदिशाबारे केन्द्रित रहेर दिउँसो १२ बजेदेखि शुरु हुने गरी सउल दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा सो कार्यक्रम आयोजना गर्ने भएको हो ।

आफ्नो मातहतमा रहेका ११ जिल्लाहरुसँग सहकार्य र समन्वय गर्दै आइरहेको समाजले आफ्नो संस्थागत गतिविधिलाई थप जागरुक र चलायमान बनाइरहेको स्पष्ट पार्दै उक्त कार्यक्रम मार्फत् राय, सुझाव र सल्लाह संकलन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिए । गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्लाका अध्यक्ष सहित कार्यसमिति परिवार , सल्लाहकार समूह , बौद्धिक र प्रबुद्ध वर्गलाई समेट्दै आगामी कार्ययोजना तय र तर्जुमा गरिने सोही समाजका महासचिव विदुर शर्माले बताए ।

गण्डकी प्रदेश समाज दक्षिण कोरियाद्धारा आयोजित उक्त अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन कोरियास्थित सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरु र शुभचिन्तक महानुभावहरुमा आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...