Advertisement
SKIP THIS

२०२३ छुसकमा हुने आँधीखोला सांगीतिक सौगात-६ को पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न


स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर आयोजना गर्ने “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रमको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिकमा हुने सो कार्यक्रमको गत आइतबार सउलमा सो पत्रकार सम्मेलन गरिएको हो ।

संस्थाको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ संयोजक रहने गरी मूल आयोजक समिति गठन गरेको छ । सांगीतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकार आउने पक्कापक्की भइसकेकोले कार्यक्रम ब्यापक हुने विश्वास संयोजक गुरुङले व्यक्त गरे ।

आधुनिक तथा पप तर्फ चर्चित कलाकारहरु प्रमोद खरेल र समीक्षा अधिकारी र मिलन गुरुङ, लोक तथा दोहोरी तर्फ शर्मिला गुरुङ, रामजी खाँण, चिना थापा मगर र घनश्याम रिजाल, नृत्य तर्फ अस्मिता राना र हाँस्यविधाका मेक्सम गौडेल र स्थानीय कलाकारहरुको बेजोड कलाकारहरु प्रस्तुति रहने मनोरञ्जनको आकर्षक प्याकेज सार्वजनिक गरिएको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष भक्त थापाको सभाध्यक्षमा सम्पन्न सो पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी, विशेष अतिथिहरु नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष किसन गौतम, कोरिया स्थित जातीय संस्था तमुू धीं अध्यक्ष रुपा गुरुङ, नेपाल मगर संघका अध्यक्ष तुल घर्ती मगर, संस्थाका पूर्वाध्यक्षहरु, सल्लाहकारहरु, विभिन्न विभागीय प्रमुखहरु, अतिथिहरुमा स्याङ्जा परिवार बुसान किम्हे शाखाका अध्यक्ष आशिष रानाभाट, थेगु शाखाका कार्यवाहक अध्यक्ष मिलन मगर, विभिन्न क्षेत्रीय संस्थाका अध्यक्षहरु लगायत संस्था सम्बन्धित व्यक्तित्वहरु उपस्थित रहेका थिए ।

यस अघि संस्थाले “आँधीखोला सांगीतिक सौगात”को पाँचौं संस्करणसम्म बृहत् साँस्कृतिक कार्यक्रम आयोजना गरेर भव्यताका साथ सफल पार्दै आफ्नो गृहजिल्लामा शिक्षा, अन्य विविध क्षेत्र र स्वास्थ्य क्षेत्र अन्तर्गत दुईवटा एम्बुलेन्स भ्यान समेत सहयोग गरिसकेको छ ।

संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुशिल गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको सो कार्यक्रम केन्द्रीय सचिव टोजिन्द्र गुरुङले सञ्चालन गरेका थिए । यसपटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुन आयोजक स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...