Advertisement
SKIP THIS

Bomjan Gurung

 

चलचित्र “नीरफूल” कोरियामा, सउल शो जून २५ मा हुने

बहुप्रतिक्षित नेपाली कथानक चलचित्र “नीरफूल” यही जून २५ तारिख अाइतबार हुने भएकाे छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा सउलकाे (서울 종로구 지봉로길 7-5 (종로구민 회관) हलमा चलचित्र प्रर्दशन हुनेछ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ चलचित्र प्रदर्शनको तयारीमा जुटेको घेदुङका अध्यक्ष राजकुमार स्याङतनले जानकारी दिए । चलचित्र “नीरफूल” सउल शो को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै उक्त चलचित्र दिउँसो १२ बजे शुरु गरिने अायाेजकले जानकारी दिएका छन् । टिकट शुल्क २५ हजार कोरियन वन रहेकाे महासचिव दावा फिन्जोफुर्सदमा


तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशन आउँदो जूलाई २ मा हुने

तमू (गुरुङ) समुदायको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक दशौं केन्द्रीय महाधिवेशन हुने भएको छ । संस्थाले आफ्नो दुई वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने प्रावधान अनुसार आउँदो जूलाई २ तारिक सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा उक्त महाधिवेशन हुने भएको हो । उक्त आसन्न दशौं केन्द्रीय महाधिवेशनका लागि संस्थाका संरक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि खोम प्रसाद गुरुङ (कास्की), भिम गुरुङ (लमजुङ), युवराज गुरुङ (स्याङ्जा) र कुमार गुरुङ (स्याङ्जा) सहित ५ सदस्यीय निर्वाचन मण्डल समिति गठन गरिएको र महाधिवेशनकोफुर्सदमा


चलचित्र “जारी” सुवन शो बाट साढे छयालीस लाख कोरियन वोन भन्दा बढी वचत

वन्जु मुन्माक मैत्री समाजद्धारा २०२३ मे २१ तारिक प्रदर्शन गरिएको ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” सुवन शोको आय व्यय सार्वजानिक गरिएको छ । समाजले ख्वाउन्दो क्षेत्रको वन्जु मुन्माक क्षेत्रबाट करिब दुई घण्टाको बाटो तय गर्दै सुवन सहर स्थित एक सुविधा सम्पन्न हलमा सो चलचित्र प्रदर्शन गरिएको हो । सन् २०२२ मा स्थापना भएको समाजले आफ्नो शुरुवाती संस्थागत कार्यक्रम अन्तर्गत चुनौती मोल्दै चलचित्र प्रदर्शनको निम्ति जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले बताए । एक शो गर्ने भनिएपनि दर्शकको अत्याधिक चाप र माग बमोजिम दुई शो गर्नुपर्ने बाध्यता र दुई शो नैफुर्सदमा


तमू धीं थेगु शाखाको तेश्रो अधिवेशनबाट मनी गुरुङ नेतृत्वको कार्यसमिति चयन

गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । थेगु सहरको बालाजी रेष्टुरेन्टमा ११ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट मनी गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो । सो अधिवेशनबाट अध्यक्षमा मनी गुरुङ, वरिष्ठ उपाध्यक्ष लिला गुरुङ, उपाध्यक्ष समिक्षा गुरुङ, सचिव कृष्ण गुरुङ, सहसचिव मुकेश गुरुङ, कोषाध्यक्ष निमेष गुरुङ, सहकोषाध्यक्ष ज्योती गुरुङ चयन भएका छन् भने सदस्यहरुमा बुद्धि गुरुङ, दिपक गुरुङ, विकास गुरुङ, देब गुरुङ, दिपेन्द्र गुरुङ र राम गुरुङ गरी तेश्रो कार्यसमितिमा आबद्ध भएका हुन् ।फुर्सदमा


वन्जु मुन्माक मैत्री समाज मार्फत् दुई बिरामीले पाए डेढ लाख रुपैयाँ भन्दा बढीको सहयोग

कोरियामा रहेका उपचारार्थ दुई बिरामीहरु पार्वती तामाङ र लाल बहादुर बोहरा (प्रतिक) ले राहत र सान्तवना स्वरुप आर्थिक सहयोग प्राप्त गरेका छन् ।  कोरियामा स्थापित नेपालीहरुको साझा संस्था वन्जु मुन्माक मैत्री समाजले आर्थिक सङ्कलन अभियान मार्फत् उठेको १६ लाख २४ हजार १ सय ५७ कोरियन वोन (डेढ लाख रुपैयाँ भन्दा बढी) दुई बिरामीलाई आधा आधा हुने गरी सहयोग प्रदान गरेको हो । समाजले आर्थिक सङ्कलनको लागि विज्ञप्ति जारी गर्दै सहयोगको लागि अपिल गरेको थियो । नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका १, काहुले स्थायी घर भई हाल कोरियाको खाउन्दो स्थित एक कम्पनीमाफुर्सदमा


२०२३ छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज

दक्षिण कोरिया स्थित मिर्‍याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “छैठौं छेजुदो भ्रमण” कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको २८ देखि ३० तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको छेजुदो भ्रमण कार्यक्रम अन्तर्गत छैठौं संस्करणको भ्रमणको तयारीमा जुटेको समाजका अध्यक्ष साजन थापाले जानकारी दिए । भ्रमणमा जानको लागी सउल क्षेत्रको लागि  दोङ्देमुन, किम्हे रफुर्सदमा


नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने

कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २० शनिबार हुने भएको छ । संघले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको जोंगाक स्टेशन नजिकै शिला रेष्टुरेन्टको सभाहलमा सो अधिवेशन गर्ने तयारी गरेको हो । सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीयफुर्सदमा


मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहर (수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । चलचित्र “जारी सुवन शो “को निम्ति सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै वन्जु मुन्माकबाट जान आउनको लागि बसको व्यवस्था समेत गरिएको समाजका महासचिव सुवास ठकुरीले बताए । “कबड्डी ४” माफुर्सदमा


मिर्‍याङ्ग नेपाली समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । नव आगन्तुकहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम सहित समाजले मिर्‍याङ्गको (암새들 체육공원) मा सो कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपालीहरु दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले वर्षेनी आयोजना गर्दै आएको कार्यक्रलाई निरन्तरता दिँदै उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष साजन थापाले जानकारी दिए । “सबै जातजाती विचको एकता, जवाफदेही र पारदर्शी पूर्ण समाज निर्माण हाम्रो प्रतिबद्धता” भन्ने मूल उद्घोषसँगैफुर्सदमा


दक्षिण कोरियामा गुरुङ चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुँदै

धेरै लामो समयपछि दक्षिण कोरियामा गुरुङ भाषाको चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुने भएको छ । चलचित्रलाई दक्षिण कोरियामा बसोबास गर्नुहुने तमूहरुको छाता संस्था तमु धींले आयोजना गर्ने भएको हो । सउल स्थित यही आउँदो मे महिना २१ तारिक केन्द्रले प्रदर्शन गर्ने भएको छ भने बुसान शाखा र थेगु शाखामा पनि प्रदर्शन मिति छिट्टै नै सार्वजानिक हुने भएको छ । पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेशभित्र रहेर चलचित्र तयार पारिएको निर्माण पक्षको दाबी रहेको छ । नेपालका गाउँहरु विशेष गुरुङ गाउँहरु दिन प्रतिदिन रित्तिदै गएका कारणहरु, त्यसले निम्त्याएका समस्याहरुफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...