Advertisement
SKIP THIS

तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशनको बन्द सत्र कार्यक्रम जूलाई ०९ मा हुने


दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक दशौं केन्द्रीय महाधिवेशनको दोश्रो चरण अन्तर्गतको बन्द सत्र कार्यक्रम र नयाँ कार्यसमिति चयन जूलाई ०९ तारिक हुने भएको छ । संस्थाले गत ०२ तारिक महाधिवेशन गर्ने सम्पूर्ण तयारी पूरा गर्दै गर्दा सोही दिनमा संस्थाको विधान संशोधन गर्ने कार्यक्रमले समय लम्बिन गएकोले बन्द सत्र र नयाँ कार्यसमिति चयन प्रक्रिया सोही स्थान सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा जूलाई ०९ तारिक दिउँसो १२ बजे शुरु हुने गरी सारिएको हो ।

महाधिवेशनको उद्घाटन सत्र र कार्यसमिति विघटन भईसकेको र बाँकी रहेको उक्त आसन्न दशौं केन्द्रीय महाधिवेशनको दोश्रो चरणको बन्द सत्रका लागि संस्थाका संरक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि खोम प्रसाद गुरुङ (कास्की), भिम गुरुङ (लमजुङ), युवराज गुरुङ (स्याङ्जा) र नरकुमार गुरुङ (स्याङ्जा) सहित ५ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको र उक्त निर्वाचन मण्डलले जूलाई ०३ देखि ०८ तारिक शनिबार राती १२ बजेसम्म अनलाईन मार्फत् प्रस्तावक र समर्थकको जानकारी सहित इच्छाइएको पदमा उम्मेद्वारी निवेदन पेश गर्नुहुन अनुरोध गरेको छ ।

तमू धीं दक्षिण कोरियाको ऐतिहासिक आसन्न दशौं केन्द्रीय महाधिवेशन समयमा नै पूर्ण रुपमा सम्पन्न हुन नसक्दा पर्न गएको असुविधाप्रति आयोजक क्षमाप्रार्थी रहँदै बाँकी रहेको बन्द सत्रका लागि संस्था सम्बद्ध कोरियावासी तमू दाजुभाई तथा दिदिबहिनीहरु तथा शुभचिन्तकहरुलाई गरिमामय उपस्थितिका लागि तमू धीं दक्षिण कोरियाले पुनः हार्दिक निमन्त्रणा गरेको छ ।

तमू धीं दक्षिण कोरिया दशौं महाधिवेशन २०२३ अनलाईन उम्मेद्वार मनोनयपत्र

https://forms.gle/vyhFGXwH9Ur1Cbev8

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...