Bomjan Gurung
“हाम्रो चुमभ्याली” चिनारी म्युजिक भिडियोको विमोचन असोज ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुँदै

मनु कोन्मे गुरुङ,पोखरा नेपालको ऐतिहासिक बिरता सभ्यता र साहसी जिल्लाको रुपमा चिनिने भौगोलिक साँस्कृतिक र पर्यटकीय दृस्ठिकोणले अत्यन्तै सुन्दर उत्तरी गोरखाको साँस्कृतिक,पर्यटन र भौगोलिक क्षेत्रको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण गरिएको ” हाम्रो चुमभ्याली” चिनारी गीत तथा म्युजिक भिडियोको विमोचन यही आउदो २०८० असोज ३० गते (१७ अक्टोबर २०२३) मंगलबार दिनको १:०० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुने भएको छ। विमोचन कार्यक्रम चुमभ्याली म्युजिक भिडियो निर्माण समिति चुमनुब्री गाउँपालिका- ७ गोररखाको आयोजनामा काठमाण्डौमा हुन लागेको हो। यस भिडियोको गीतमा छाङ लामाको रचना , राजु थापाको संगीत,सन्दिप कार्कीको एरेन्जफुर्सदमा
राप्ती समाजको छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा हुने

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २८ तारिक अर्थात् छुसकको पहिलो दिन डान्स पार्टी २०२३ हुने भएको छ । राप्ती समाज दक्षिण कोरियाद्धारा सउल नजिकै सुविधा सम्पन्न हल (성동 나이트 클럽 (서울특별시 중구 흥인동 15 번) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को क्षेत्रमा प्रख्यात सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN र DJ Tshering को फिचरिङ रहेको सो कार्यक्रम बेलुका ९ बजेदेखि रातभरि सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष अमृत केसीले जानकारी दिए । सउलको ट्रेन Line Number 2/6 신당역 Exit 1/12 बाट कार्यक्रम हल पुग्न सकिने रफुर्सदमा
किम्हे कोरियामा सेप्टेम्बर २९ मा छुसक डान्स पार्टी २०२३ हुने

कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिका झुना गुरुङ, अर्जुन सुब्बा र र्यापरहरु रुबिन रेग्मी र दिनेश गुरुङको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष गिता सिंह गुरुङले जानकारीफुर्सदमा
सेप्टेम्बर १० मा कास्की परिवारले तीज कार्यक्रम २०२३ को आयोजना गर्ने

कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था कास्की परिवारले आउँदो सेप्टेम्बर १० तारिक “तीज कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । सउल दोङदेमुन स्थित होटल अन्नपूर्ण सानको हलमा तीजको अवसरमा दर खाने कार्यक्रम सहित बिहान १० बजेदेखि शुरु हुने गरी तीज मनाइने भएको हो । प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियामा रहेका कस्केली तथा नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष किशन क्षेत्रीले जानकारी दिए । “संगठित समूहफुर्सदमा
कोरियाको छुसकमा हुने “काँक्रेविहार सांगीतिक साँझ २०२३” को पोष्टर सार्वजनिक अगष्ट २७ मा हुने

कोरियाको महान् पर्व छुसक २०२३ को अवसर पारेर सुर्खेत समाजले आयोजना गर्न लागेको “काँक्रेविहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्वजनिक तथा चियापान कार्यक्रम यही अगष्ट २७ मा हुने भएको छ । सउल दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा बिहान १० बजेदेखि शुरु हुने गरि सो कार्यक्रम आयोजना गरिएको हो । सन् २०२० मा स्थापना भएको प्रादेशिक समाज कर्णाली प्रदेश दक्षिण कोरियाको मातहतमा रहेका १० जिल्ला अन्तर्गतको सुर्खेत समाजको पहिलो बृहत् सांगीतिक कार्यक्रमको उद्धेश्य र विभिन्न विधाका चर्चित कलाकारहरुको नामावली, कार्यक्रम स्थल लगायतको जानकारी दिने गरी सो कार्यक्रमको आयोजना गरिएको सुर्खेत समाजकाफुर्सदमा
अगष्ट २७ मा कास्की परिवार दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो शाखाको दोश्रो अधिवेशन हुने

कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था कास्की परिवार ख्यङ्साङ्नाम्दो शाखाको दोश्रो अधिवेशन यही अगष्ट २७ तारिक किम्हेको लुम्बिनी रेष्टुरेण्टको सभाहलमा हुने भएको छ । “संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सन् २००८ मा दक्षिण कोरियामा स्थापित कास्की परिवारको दुई शाखा मध्ये पहिलो शाखाको रुपमा विस्तारित ख्यङ्साङ्नाम्दो शाखाको पहिलो कार्यसमितिको कार्यकाल केही महिना पूरा हुन बाँकी भएपनि कास्की परिवार सउल केन्द्रको अधिवेशन अगाडि शाखाको अधिवेशन हुनुपर्ने संस्थाको विधानत: नियम र मान्यता बमोजिम दोश्रो अधिवेशन गर्न लागिएको सो शाखा अध्यक्ष टेकनाथ बरालले जानकारी दिए । कास्की परिवारलेफुर्सदमा
अगष्ट २७ मा राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन हुने

“हामी जहाँ भएपनि एउटै विशेषता, विशुद्ध सामाजिक कामको लागी राप्ती समाजको एकता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको गौरवमय संस्था राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन यही अगष्ट २७ मा सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा हुने भएको छ । दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध राप्तीबासी तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको राप्ती समाजको पाँचौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष ओमलाल ओलीले जानकारीफुर्सदमा
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

कोरिया स्थित प्रादेशिक संस्था गण्डकी प्रदेश समाजको अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापनाको छोटो अवधिमा हालसम्मको गतिविधिबारे स्पष्ट गराउँदै आगामी कार्यदिशाबारे केन्द्रित रहेर दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष प्रविण गिरीको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय अध्यक्ष विनोद कुँवर, विशेष अतिथिहरुमा NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रदेशको आफ्नो मातहतमा रहेका जिल्लाका अध्यक्षहरु, विभिन्न क्षेत्रीय, जातीय, राजनैतिक र शैक्षिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र अन्य शुभचिन्तकहरु अतिथिको रुपमा उपस्थित थिएफुर्सदमा
सेप्टेम्बर १७ मा नेपाल गोरखा परिवार दक्षिण कोरियाको बाह्रौं अधिवेशन हुने

“प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको क्षेत्रीय संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाको बाह्रौं अधिवेशन आउँदो सेप्टेम्बर १७ मा सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा हुने भएको छ । एघारौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए । गोरखा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका गोरखालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदैफुर्सदमा
गण्डकी प्रदेश समाज दक्षिण कोरियाले अगष्ट २० मा अन्तर्क्रिया तथा सम्मान कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित प्रादेशिक संस्था गण्डकी प्रदेश समाजले आउँदो यही अगष्ट २० तारिक अन्तर्क्रिया तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । गत वर्ष अर्थात् सन् २०२२ मा स्थापना भएको समाजले स्थापनाको छोटो अवधिमा हालसम्मको गतिविधिबारे स्पष्ट गराउँदै आगामी कार्यदिशाबारे केन्द्रित रहेर दिउँसो १२ बजेदेखि शुरु हुने गरी सउल दोङदेमुनस्थित नेपाल थाई रेष्टुेन्टको सभाहलमा सो कार्यक्रम आयोजना गर्ने भएको हो । आफ्नो मातहतमा रहेका ११ जिल्लाहरुसँग सहकार्य र समन्वय गर्दै आइरहेको समाजले आफ्नो संस्थागत गतिविधिलाई थप जागरुक र चलायमान बनाइरहेको स्पष्ट पार्दै उक्त कार्यक्रम मार्फत् राय, सुझाव र सल्लाह संकलन गर्नेफुर्सदमा