मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने


कोरिया स्थित क्रियाशील क्षेत्रीय संस्था म्याग्दी प्रवासी संघ (मोना) कोरियाले आउँदो जुलाई २९ र ३० तारिक दुई दिने बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२३ आयोजना गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुको एकता अझ मझबुत र प्रगाढ बनाउने उद्धेश्यले मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित जेबुदाे आइल्याण्डमा सो कार्यक्रम गरिने भएको हो ।

उक्त बनभोज कार्यक्रम मार्फत कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा रहेका म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरु विचको एकता र आत्मीयता अभिबृद्धिमा टेवा पुग्ने विश्वास संस्थाका अध्यक्ष सुनेश केसीले व्यक्त गरे । जेबुदो आइल्याण्डको मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रम ब्यापक हुने संस्थाका वरिष्ठ उपाध्यक्ष दुर्गा भण्डारीले बताए ।

“प्रवासी भूमिमा म्याग्देलीहरुको एकता सामाजिक कार्यमा सबैको सहभागिता, जिल्लाको परिचय दिदै म्याग्देलीहरु गोलबद्ध होऔ” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको मोना दक्षिण कोरियाद्धारा आयोजित उक्त बृहत भेटघाट तथा बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई ९० हजार र महिलाका लागी ७० हजार कोरियन वोन निर्धारण गरिएको संस्थाका सचिव मनिष गौचनले स्पष्ट पारे ।

सउलको दोङ्देमुन र सुवनबाट कार्यक्रम स्थलसम्म जान/आउन सुविधा सम्पन्न बसको व्यवस्था गरिएको जानकारी गराउँदै कार्यक्रममा उपस्थित जनाउन ब्यानरमा उल्लेखित व्यक्तिहरुलाई आफूलाई पायक पर्ने स्थानबाट सहभागी हुने गरी नाम टिपाउनुहुन आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

थप जानकारीका लागि :
सुनेश के सी – ०१०-५८२१-९३५७
दुर्गा भण्डारी – ०१०-७६७९-५९९४
मनिष गौचन -०१०-५१३०-८२८४
रिम भण्डारी-०१०-४३०९-१९८३
पुस्कल पुन -०१०-७२६३-३३६८
मिन कार्की -०१०-२३६४-२०६६
गंगाराज बानिया -०१०-७३५०-८३३३
सनम शाक्य -०१०-७५०६-५५०६
कुमार केसी -०१०-८०९४-३३२८
कृष्ण थापा -०१०-५८१४-९८४१
याम थापा -०१०-६८२१-२७४९
सिमा पुन
गंगा पुन मगर
कविता गर्बुजा
गोमा पुर्जा

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...