तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशनबाट रुपा गुरुङ नेतृत्वको कार्यसमिति चयन


दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुनको नेपाल थाई रेष्टुरेन्टको सभा हलमा जूलाई ०९ तारिक सम्पन्न सो महाधिवेशनबाट रुपा गुरुङ अध्यक्ष रहने गरि १७ सदस्यीय संरचनाको दशौं कार्यसमिति गठन भएको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष लेसन गुरुङको सभाध्यक्ष र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका महासचिव सन्तोष गुरुङले प्रगति विवरण र कोषाध्यक्ष नरेन्द्र गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शुभाराज भोम्जनले हरेक जनजाती संघ संस्थाले परदेशी भूमिमा आफ्नो जातीय अस्तित्व संरक्षण र सम्बर्द्धन गर्दै जातीय हकहितका लागि आवाज बुलन्द पार्नुपर्ने आवश्यकता औँल्याउँदै तमू धींले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भमा प्रशंसा गरे । संस्थाले आयोजना गर्ने सामाजिक कार्य र तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा अधिवेशन अवधिसम्म टेवा पुर्याउने सहयोगी संघसंस्था र व्यक्तित्वहरुमा केन्द्रीय अध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष लेसन गुरुङले धन्यवाद व्यक्त गरेका थिए ।

विशेष अतिथिको रुपमा उपस्थित संस्थाका केन्द्रीय संरक्षक भिम गुरुङ, कोरिया स्थित गैर आवासीय नेपाली संघ (NRNA) का अध्यक्ष दिपक पुन, नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष हरि प्रसाद खनाल, फोनिज कोरियाका अध्यक्ष गोकुल थोकर, वुमन फर वुमनकी अध्यक्ष पार्वती मोक्तान, तमू धीं द. कोरियाका वरिष्ठ सल्लाहकार जीत गुरुङ, नेपाल मगर संघका अध्यक्ष तुल बहादुर घर्ती मगर, नेपाल तामाङ घेदुङका अध्यक्ष राजकुमार स्याङतान, थारु कल्याणकारिणी सभाका अध्यक्ष शिव शंकर महतो थारु, गण्डकी प्रदेशका अध्यक्ष प्रवीण गिरी, पूर्वाञ्चल सरोकार मञ्चका वरिष्ठ उपाध्यक्ष चित्र घले लगायत अन्य व्यक्तित्वहरु विशेष अतिथि र अतिथिको रुपमा उपस्थित थिए । उल्लेख्य उपस्थिति रहेको सो समारोहमा तमू धींको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत भिम गुरुङ (पर्वत)को संयोजकत्वमा खोम प्रसाद गुरुङ, भिम गुरुङ, युवराज गुरुङ र नर कुमार गुरुङ सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा रुपा गुरुङ, वरिष्ठ उपाध्यक्ष तेज बहादुर गुरुङ (कास्की), उपाध्यक्षहरुमा तुरन बहादुर गुरुङ (कास्की) र दुर्ग बहादुर गुरुङ (बागलुङ) चयन भएका छन् भने महासचिवमा याद बहादुर (वाई बि) गुरुङ (स्याङ्जा), सचिवहरुमा सबनम गुरुङ (कास्की) र उर्मिला गुरुङ (काठमाण्डौं) साथै कोषाध्यक्ष नरेन्द्र गुरुङ (स्याङ्जा), सहकोषाध्यक्ष सरोज गुरुङ (पर्वत) चयन भएका छन् भने सदस्यहरुमा रेशम लाल गुरुङ (रुपन्देही), रामचन्द्र गुरुङ (लमजुङ), सुनिल गुरुङ (ईलाम), सुस्मिता गुरुङ (चितवन), सनी गुरुङ (ओखलढुङ्गा), श्याम बहादुर गुरुङ (बागलुङ), रञ्जित गुरुङ (तनहुँ) र सन्तोष गुरुङ (रुपन्देही) रहने गरी दशौं कार्यसमितिमा आबद्ध भएका हुन् । उद्घाटन सत्रमा संस्थाका महासचिव सन्तोष गुरुङ र बन्द सत्रमा खोम प्रसाद गुरुङको विशेष सहजीकरणसँगै भिम गुरुङ (लमजुङ)ले कार्यक्रम सञ्चालन गरेका थिए ।

संस्थाले गत ०२ तारिक महाधिवेशन गर्ने सम्पूर्ण तयारी पूरा गर्दै गर्दा सोही दिनमा संस्थाको विधान संशोधनको कार्यक्रमले समय लम्बिन गएकोले उद्घाटन सत्रको सम्पूर्ण प्रक्रिया पूरा गरिएको र दोश्रो चरण अन्तर्गतको बन्द सत्र र कार्यसमिति चयन प्रक्रिया जूलाई ०९ तारिक सम्पन्न भएको हो । महाधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर महाधिवेशन सफल बनाउन कार्यक्रममा उपस्थित जनाउनुहुने विभिन्न संघसंस्थाका आमन्त्रित प्रमुख अतिथि, अतिथिहरु, सउल आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक संस्था एवं संस्था सम्बद्ध व्यक्तित्वहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुमा तमू धीं दक्षिण कोरिया केन्द्रले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...