रुस-युक्रेन युद्ध
रुस-युक्रेन युद्ध : युरोपेली नेताले रुसलाई रोक्न ढिला गरेकाे राष्ट्रपति जेलेन्स्कीकाे दुखेसाे
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युरोपेली नेतालाई सम्बोधन गर्दै उनीहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरेको बताए । जेलेन्स्कीले ब्रसेल्समा युरोपेली परिषद्को शिखर सम्मेलनलाई सम्बोधन गर्ने बेला यस्तो भनेका हुन् । सम्बोधनका बेला उनले आफ्ना स्पष्टवादी शैलीमा भने, ‘युरोपेली नेताहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरे ।’ उनले थपे, ‘तपाईँहरूले प्रतिबन्ध लगाउनुभयो । हामी त्यसका लागि आभारी छौँ । यो शक्तिशाली कदम हो । तर यसमा थोरै ढिलो भयो । पहिला यस्तो गर्ने मौका थियो ।’ यदि प्रतिबन्ध पहिला लगाएको भए सायद युद्ध नै हुनेफुर्सदमा