रमेश अधिकारि
तिमी बिनाको यो पर्ब मेरा लागि कसरी बिशेष हुन सक्छ र ?
शब्दहरुले जतिसुकै पुष्पबृश्टि गरेपनि म अपूर्ण नै हुनेछु । शब्दहरु र भाबले ब्यक्त गर्न नसकिने ‘बहिनी’ शब्द कती सुन्दर र आत्मिय छ। हरेक बर्षको तिहारले मलाई ति पुरानादिनहरुको स्मरण गराउदछ । मात्र ५ बर्षको फरक थियो हामी बिचमा । नाताले ऊ मेरी बहिनी भए पनि मेरा लागि असल मित्र र अभिभाबक बराबरको थिई । परिवारमा अरु दिदी बहिनीहरु नभएर पनि होला हामी सबैलाई एउटा बहिनीको चाहना थियो । अझ बढी त मलाई थियो परिवारमा म सबै भन्दा कान्छो थिए । त्यसैले त म सधैं बा आमासँग बहिनी चाहियो भनेर करफुर्सदमा