यल. बि. श्रेष्ठ
माया हैन पैसा बिग्छ यो शहरमा
कथा/ ठ्याक्कै ट्रेन स्टेसनको मुल गेटको देब्रेपट्टि धुम्रपान सेवन कोठाको गेट नजीकै उनी उभिएकि थिईन्। अन्दाजि ५.५ ईन्च जतिको हाईट,कालो सिल्कि कपाल सररर हावाको झोक्का संगै हल्लिरहेको थियो। मेरो र उनको पहिलो नजर ठोक्कियो। रातो गुलावि ओठ,मृगनयनि गाजालु आँखा, पुक्क पुक्क पोटिलो गाला,गोरो चिल्ला छालाको कोकाकोला जस्तै फिगरमा गोल्ड कलरिङको वनपिस लुगा, ब्राउन हिल र हातमा सानो पर्स बोेकेकि उनी स्वर्गकि अप्सरा भन्दा कम थिइनन् । देब्रे हातले कपाल हल्का कानतिर मिलाउदै दोस्रो चोटि उनले मलाई हेरिन् । अविवाहित एक लक्का जवान पुरुष म, हुरुक्कै भए । पाईला रोकियो। सोचे,फुर्सदमा