देवेन्द्र सम्बाहाम्फे
इम्जिन : कोरियाली युद्धबिम्ब
सन् २०१३, अक्टोबरको पहिलो साता दक्षिण र उत्तर कोरियाको सम्बन्ध सामान्य बन्दै थियो । खेसङ गोङदान (दुवै कोरियाले स्थापना गरेको औद्योगिक क्षेत्र) को विवादित विषयलाई लिएर दुई कोरियाका उच्च अधिकारी छलफल गरिरहेका थिए । उत्तरमा पर्ने खेसङ गोङदानमा दक्षिणका लगानीकर्ताको पुनः प्रवेशलाई लिएर सञ्चारमाध्यमले विभिन्न विश्लेषण प्रकाशन र प्रसारण गरिरहेकै बेला अक्टोबर २० मा दुवै कोरियाको सिमाना क्षेत्र अवलोकन गर्ने साइत जुर्यो । दुवै कोरियाको सिमानालाई डीएमजेड भनिन्छ । सन् १९५० बाट सुरु भएको कोरियाली युद्धमा दक्षिण र उत्तर कोरियाली, चिनियाँ र अमेरिकी गरी ३० लाखभन्दा बढीको ज्यान गएपछि संयुक्तफुर्सदमा