उषा शेरचन
नरोजेका बाटाहरू
सबैको मनलाई यसरी बहलाउनु मेरो रहर नभएर बाध्यता हो भन्ने कुरा यी समाजका ठेकेदारहरूले किन बुझ्नै चाहँदैनन् ? कसलाई पो रहर लाग्ला र आˆनो अङ्ग प्रदर्शन गर्दै आफ्नो खिल्ली आफैले उडाउनलाई ? आफ्नो लिलाम आफैँले बढाबढ गर्नु मेरो रहर नभएर कर हो भनेर बुझिदिने कसले ? पापी पेटको असहृय ज्वालालाई यी समाजका ठेकेदारहरूले निभाइदिने जिम्मा लिइदिने भए हरेक दिन यसरी आˆनो आत्मालाई बेचेर हिँड्दै पेटको ज्वाला शान्त पार्नुपर्ने आवश्यकता नै पर्ने थिएन होला ? भोकको ज्वाला कति डरलाग्दो हुन्छ भन्ने कुराको ज्ञान मेरो परिवारलाई जस्तो सधैँ अघाउन पाएकाहरूलाई के थाहाफुर्सदमा