Advertisement
SKIP THIS

तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल आदिवासी चलचित्र महोत्सव (निफ्फ)को तयारी पूरा

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले यही सेप्टेम्बर १५ र १६ मा न्युयोर्कमा आयोजना गरेको दोश्रो नेपाल आदिवासी चलचित्र महोत्सव (निफ्फ) सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । फिप्नाले न्यूयोर्कको ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएकोजानकारी दिएको हो । आदिवासी चलचित्रकर्मीहरुलाई मुलधारको चलचित्र क्षेत्रमा स्थापित गराउन सहयोग र प्रोत्साहन गर्न तथा आदिवासीहरुको संस्कार र स्ंस्कृतिलाई संरक्षण गर्न सहयोग पुग्ने आयोजकको दावी छ । महोत्सव संयोजक एवं फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले नेपाली आदिवासीजनजातिहरुको भाषा, धर्म, संस्कार, संस्कृति र रीतिरिवाजहरुको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागेको बताए । महोत्सवले नेपाली आदिवासी जनजातिहरुको चलचित्र विकास र बजार प्रबर्धन गराउन मद्धत पुग्ने फिप्नाका अध्यक्ष मान रानामगरको भनाई छ । महोत्सवबाट प्रवासमा नेपाली समुदायका साथै अन्य समुदायले विभिन्न चलचित्रहरु हेरेर लाभान्वित हुने विचार फिप्ना संघिय परिषद्का सभामुख विनोद पोमोले राखेका थिए । न्यूयोर्कको क्वीन्समा अवस्थित गुल्सन टेरेशमा सेप्टेम्बर १५ र १६ मा हुने महोत्सवमा आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कृति र रीतिरिवाजमा आधारित ९ पूर्ण चलचित्र, ३ लघु चलचित्र सहित २ वृत्तचित्रको प्रदर्शन गरिनेछ । प्रारम्भिक चरणमा नेपालमा चलचित्र छनौटका लागि आदिवासी चलचित्रमहासंघ नेपालका अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा ५  सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरिएको थियो ।  सुनुवारसहित अनिल बुढा, सृजना सुब्बा, अरुण प्रधान, भुपेन्द्र गुरुङ रहेका समितिले पहिलो चरणमा पूर्ण तथा छोटो चलचित्र र वृत्तचित्र गरी दर्ता भएका ४६ वटा मध्ये २४ वटा छनौट गरेरपठाएको विज्ञप्तीमा उल्लेख छ । त्यसमध्येबाट प्रत्येक जातिय संस्थाहरुले आफ्नो जातिको एउटा पूर्ण चलचित्र छनौट गरी महोत्सवमा पठाएको जानकारी विज्ञप्तीमा छ ।  गुरुङ समुदायबाट ‘भेडीगोठालो’, तामाङ समुदायबाट ‘सेम कि तम’, नेवार समुदायबाट ‘स्वयनगु’, मगर समुदायबाट ‘रैया’, राई समुदायबाट ‘यारी’, शेर्पा समुदायबाट ‘टिन्छेन फमा’, लिम्बु समुदायबाट ‘साम’, मनाङ समुदायबाट ‘मनाङ्गे नानी’, याक्खा समुदायबाट ‘ओम्ला’ महोत्सवमा प्रदर्शनको लागि छनौट गरिएको विज्ञप्तिले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्रहरुलाई विभिन्न १२ वटा विधामा निफ्फ अवार्ड २०१८ प्रदान गरिनेछफुर्सदमा

मोनिका घले बनिन् मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता

   न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो ।   प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता सिर्जना राई घोषित भएका छन ।   अगस्त ६ तारिख देखि तालिम सुरू भै अगस्त ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणाफुर्सदमा

तामाङ सोसाइटी अफ अमेरिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा

लुइसाङ्ग तामाङ जुलाई ८, २०१८ का दिन न्युयोर्कमा सम्पन्न वाङ अर्थात अभिषेक ग्रहण कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेको नेतृत्वमा रामेछापमा निर्माणधीन बौध स्तुपाको लागि तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष श्रीमती सानुमाया तामाङले सोसाइटीकोतर्फबाट ५ लाख रुपैया चन्दा सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । बौद्ध धर्म अनुसार अत्यन्तै पबित्र मानिने बौद्ध स्तुपा नेपालको रामेछाप जिल्लामा निर्माण हुदैंछ ।तामाङ सोसाइटी अफ अमेरिकाले आइतबारको दिन न्युयोर्कमा आयोजना गरेको वाङ कार्यक्रममाफुर्सदमा

गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले दिए १५ लाख

काठमाडौं,गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले १५ लाख रुपैया प्रदान गरेका छन् । भोजपुर दिल्पा नागीँ जन्म भइ हाल ललितपुर मानभवन बस्ने गीतकार सङ्घ नेपालका आजीवन सदस्य कवि तथा गीतकार अमर बान्तुले उक्त रकम शुक्रबार हस्तान्तरण गरेका हुन । अमर बान्तु (अमर सिहं राई) ले गीतकार सङ्घ नेपालको कार्यालय, विजुलीवजार काठमाडौंमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष चूडामणि देवकोटालाई उक्त रकमको चेक हस्तारन्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिफुर्सदमा

अमेरिकाको टेक्सास, डल्लासमा तामाङ पहिचान सहित पहिलो पटक ल्होछार सम्पन्न

ङिमा पाख्रिन / डल्लास्, टेक्सास् तामाङ सोसाईटी अफ उत्तर अमेरिका, टेक्सासले डल्लासमा २८५४औ खि-ल्हो ल्होछार पर्वलाई एक भव्य कार्यक्रमको आयोजना गरी मनायो । पहिलो पटक आयोजित ल्होछार कार्यक्रममा तामाङ समुदायसँगै ल्होछार पर्व मनाउँन अन्य समुदायका मानिसहरु पनि उपस्थित रहे । ल्होछार कार्यक्रममा प्रस्तुत बिभिन्न साँस्कृतिक कार्यक्रम हेरेर भिड भित्र रमाईरहेका एक जोडी मेक्सिकन अमेरिकनसँग बुझ्दा उनीहरुसँगै काम गर्ने तामाङ साथीका कारण आएको बताए । पहिलो पटक देखिएको सेलो नाचको चालहरुफुर्सदमा

उत्तर अमेरिकामा तामाङ सम्मेलन हुँदै, अध्यक्षमा लक्यान लामाको उमेद्वारी

मच्छे गुरुङ / न्युयोर्क उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ आउने शनिबार र आइतबार जनवरी १३ र १४ मा न्यूयोर्कमा हुँदै छ । पहिलो पटक हुन लागेको सम्मेलनमा अध्यक्ष पदका लागि लक्यान लामाले उमेद्वारीको घोषणा गरेका छन् । लामाले, थकाली किचनमा एक कार्यक्रम गरी उमेद्वारी घोषणा गरेका हुन् । लामाले उमेद्वारीको घोषणा गर्दै ७ बुँदे प्रतिवद्धता र ४ बुँदे गुरुयोजना सहित घोषणपत्र पनि सार्वजनिक गरेका छन । उनले, तामाङ कल्चर एण्डफुर्सदमा

नयाँ बर्षमा नलिना

अमेरिका, गायिका नलिना चित्रकार नयाँ बर्ष २०१८ मनाउँन परिवारसँग घुमघाममा ब्यस्त छिन् । ‘२०१७ भरी अत्यन्तै ब्यस्त भएकीले परिवारसँग घुम्ने समय मिलाउँन सकेकी थिईनँ’ उनले फेसबुक च्याटमा भनिन्, ‘छोरालाई गरेको प्रमीस पुरा गर्दैछु’ । फेम्ली भ्याकेशनबाट फर्कने बित्तिकै उनी तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिर्नियाको आयोजनामा हुने ल्होछार कार्यक्रममा पर्फर्मेन्सको लागि पुग्ने बताईन् । तामाङ समुदायको अधिक जमघट हुने भएकोले सेलो शैलीका गीतहरु बढी प्रस्तुत गर्ने सोच रहेको उनले बताईन् ।फुर्सदमा

तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न

मच्छे गुरुङ न्यूयोर्क, गुरुङ तमुहरुको महान पर्व तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा सम्पन्न भएको छ । गुरुङ, तमु सोसाइटी अमेरिकाको आयोजनामा बार्षिक रुपमा मनाउँदै आएको ल्होछार गएको डिसेम्बर ३० तारिख ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा विभिन्न मौलिक साँस्कृतिक कार्यक्रमसाथ मनाएको हो । वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले, यस बर्ष चरा वर्ग अर्थात च्हा ल्हो वर्गको विदाइ र कुकुर बर्ग अर्थात खिल्हो वर्गको स्वागत गर्दै मनाएका हुन्फुर्सदमा

हङकङमा लाफा इन्भेष्टमेन्टको भेटघाट तथा अन्तरक्रिया सम्पन्न

हङकङ, “एकता नै बल हो, इमान्दारिता नै धर्म हो” भन्ने मूल नारा लिएर स्थापित कम्पनी लाफा इन्भेष्टमेन्ट लिमिटेडले हङकङ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सामूहिक लगानीमार्फत् आर्थिक समृद्धि प्राप्तिको अभियान सुरु गरेको कम्पनीले आइतबार हङकङको जोर्डनस्थित किरात याक्थुङ चुम्लुङको भवनमा कार्यक्रम सम्पन्न गरेको हो । नेपाल, हङकङ, दक्षिण कोरिया, जापान, बेलायत, कतार, मलेसिया, संयुक्त राज्य अमेरिका, इजरायल, इटाली, बरमुडा, कुवेत, बेल्जियम, संयुक्त अरब इमिरेट्सलगायतका देशमा रहेका मगरहरूकोफुर्सदमा

“दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन,निरोगी बनाउन सक्ने ” – कोरियन गुरु ह्वे जङ

काठमाडौं, टेकुस्थित प्रज्ञा ध्यान केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रेरणादायी धर्म देशना कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । काठमाडौं महानगरका मेयर बिध्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको सो कार्यक्रममा मेयर शाक्यले मानब सेवा नै सबभन्दा ठुलो धर्म रहेको बताए । त्यस्तै मेयर शाक्यले मरिसकेपछि सम्मान गर्ने परम्परा त्यागेर जिउंदैमा असहाय ,गरिब ,दुखीहरुहरुको सेवा गर्नुपर्ने पुन दोर्हाए । कार्यक्रममा दक्षिण कोरियाबाट नेपाल आएका बज्रयान सम्प्रदाय जिन्गाक बौद्ध संघकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...