तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न


मच्छे गुरुङ
न्यूयोर्क, गुरुङ तमुहरुको महान पर्व तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा सम्पन्न भएको छ । गुरुङ, तमु सोसाइटी अमेरिकाको आयोजनामा बार्षिक रुपमा मनाउँदै आएको ल्होछार गएको डिसेम्बर ३० तारिख ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा विभिन्न मौलिक साँस्कृतिक कार्यक्रमसाथ मनाएको हो । वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले, यस बर्ष चरा वर्ग अर्थात च्हा ल्हो वर्गको विदाइ र कुकुर बर्ग अर्थात खिल्हो वर्गको स्वागत गर्दै मनाएका हुन् ।

विशेष अतिथि, जेष्ठ नागरिक ८० बर्षिया उमा गुरुङले पानसमा दिप प्रज्वलन गरेर औपचारिक रुपमा ल्होछार २०१८ उद्घाटन गरिएपछि उहाँले सबैको सुस्वास्थ्य र शान्तिको लागि आशिर्वाद दिनुभयो । ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्य दुतावास न्यूयोर्कका वाणिज्यदुत कृषु क्षेत्रीले, ल्होछार पर्वको शुभकामना दिंदै नेपालको विविध जातिय, भाषिक, साँस्कृतिक पहिचानको जगेर्ना गर्न ल्होछारले मद्दत पुरयाएको भन्दै, यस्ता साँस्कृतिक मौलिक परम्परालाई निरन्तरता दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा विभिन्न खाल्को दुखः समस्या पर्दा गुरुङ समाजले गरेको सहयोगको प्रशंसा गर्नुभयो । तमु एकता भयो भने सबैले सम्मान गर्ने भन्दै, बाणिज्यदुत क्षेत्रीले, तमुहरुलाइ एकै ठाउँमा उभिएर एकता गर्न र नेपाललाई उत्कृष्ट बनाएर लैजान सुझाव दिंनुभयो ।

यसैबीच, गुरुङ समाजका अध्यक्ष पदम बहादुर गुरुङले, ल्होछारको शुभकामना दिदैं, ल्होछार पर्वले गुरुङहरुको मौलिक संस्कृतिको जगेर्ना गर्न र गुरुङ संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताउनुभयो । ल्होछार पर्वले, तमुहरुबीचको एकता, भाइचारा, र आपसी सद्भाव कायम गर्न र गुरुङहरुबीच एउटा सुमधर सम्बन्ध कायम गर्न मद्दत गरेको भन्दै अध्यक्ष गुरुङले, तमुहरुबीच एकता हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

हिजो के भएको थियो, त्यसमा अल्झेर नबस्न आग्रह गर्दै उहाँले, सम्पूर्ण तमुहरुलाई एक ढिक्का बनाएर लैजान गुरुङ समाज सधै प्रयत्नरत रहेको दावी गर्नुभयो । बिदेशको ठाउँमा आएर सबै जना मिलेर बस्नुपर्नेमा जोड दिदै उहाँले, केही असमझदारी भएमा टेबलमा बसेर बसेर छलफल गरी समाधान खोज्न र तमु एकताको लागि पहल गर्न सबै गुरुङहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा, अध्यक्ष पदम गुरुङ र उपाध्यक्ष सिद्दार्थ गुरुङले, वाणिज्यदुत कृषु क्षेत्रीलाई गुरुङहरुको मौलिक पहिरन भांग्रा र पत्नी रीता सुवेदीलाई घलेक ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा, सन २०१५ मा नेपालमा गएको भुकम्पपछि गुरुङ समाजले संकलन गरेको रकमबाट नेपालको ४ वटा जिल्लामा पुननिर्माण अन्तगर्त भइरहेको परियोजनाको बारेमा जानकारी गराइएको थियो ।

समाजले, दोलखामा राष्ट्रिय सम्पदा संरक्षण कोषसँगको सहकार्यमा दुइ वटा बहुउपयोगी सामुदायिक वातावरण केन्द्र निर्माणको काम पूरा गरेको छ भने बाँकी ३ जिल्ला, चन्द्र गुरुङ संरक्षण कोषसँगको सहकार्यमा गोरखाको गुम्दा गाविसमा सुर्योदय माध्यमिक विद्यालय पुननिर्मांणको काम, जागरण मिडिया सेन्टरसँगको सहकार्यमा सिन्धुपाल्चोकको सिपापोखे्र गाविसमा बाल कल्याण प्राथमिक विद्यालय पुननिर्माणको काम, र सगुनसँगको सहकार्यमा काभे्रपलाञ्चोकको खार्पाचोक गाविसमा निम्न माध्यमिक विद्यालय पुननिर्माणको काम काम भइरहेको जानकारी दिएको छ ।

कार्यक्रम संयोजक प्रकाश गुरुङले ल्होछारको शुभकामना दिदै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै कलाकार, भोलेन्टियर र उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।

साँझ ८ बजेदेखि बिहान २ बजेसम्म चलेको कार्यक्रममा ५० बढी स्थानिय कलाकारहरुले विभिन्न मौलिक, साँस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा, गुरुङहरुको मौलिक, साँस्कृतिक, परम्परागत नृत्यहरु पच्यु, घ्याब्री, र छयाडु, कौडा लगायत नृत्य प्रस्तुत गरिएको छ । पच्यु नृत्य खासगरी पच्युहरुले विभिन्न संस्कारहरु सम्पन्न गर्ने गरिन्छ ।

गुरुङहरुले शुभ कर्म, विवाह भोज, पूजाआजा, मरौ, दुख पर्दा पच्युहरुले विधिपूर्वक संस्कार गर्ने चलन छ । त्यस्तै, घ्याब्री नृत्य खासगरी थासो फाल्ने र नराम्रो पन्छाउने र ग्रहशान्ति गर्ने र शुद्द गर्नको लागि यो नृत्य गर्ने गरिन्छ । यो घ्याब्री नृत्य खासगरी शुभ कार्यहरु गर्नुपूर्व मन्छाउने गरिन्छ । त्यस्तै, छ्याडु नृत्य खासगरी कसैको घरमा मरौ पर्दा, दुख पर्दा अर्घौ गरेको बेलामा अर्घौ गर्ने गरिन्छ । अर्घौ खासगरी ३ दिनसम्म गर्ने गरिन्छ । मृतआत्माको स्वर्गबास होस र शोकाकुल परिवारको मनोबल बडाउनको लागि अर्घौको दोश्रो दिनमा घ्याब्री नृत्य गरिने चलन छ ।

कार्यक्रम शुरुदेखि नै हलमा खचाखच दर्शकलाई उद्घोषकद्वय मच्छे गुरुङ र विजय गुरुङको प्रस्तुतिले अन्त्य सम्म नै अड्याउन सफल भएको थियो ।
कार्यक्रममा, समाजलाई सहयोग गर्ने र विशेष योगदान पुरयाउने बिष्णु पुन मगर र रोशनी गुरुङलाई स्पेशल रिकग्निसन प्रमाण पत्रले सम्मान गरेका थिए । त्यस्तै, यस बर्ष समाजको आजीवन सदस्य बनेका ५ जनालाई प्रमाण पत्र र ब्याजले सम्मान गरेका थिए ।

गुरुङहरुको मौलिक पोशाकलाई लगाउन प्रोत्साहन गर्ने उद्देश्यले, उत्कृष्ट पोशाकको पुरस्कार १२ बर्ष भन्दा कम उमेरका २ जना बालबालिका र एक, एक जना महिला र पुरुषलाई प्रदान गरिएको थियो । १२ बर्ष भन्दा कम उमेरको बालकतर्फ देवन गुरुङ र बालिका तर्फ रक्षा गुरुङले पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै, महिलामा सोनी गुरुङ र पुरुषमा लिल बहादुर गुरुङले उत्कृष्ट पोशाकको पुरस्कार हात पारेका थिए । त्यस्तै, राफल टिकेट पुरस्कारमा पहिलो हुनेले ल्यापटप, दोश्रो हुने एप्पल घडी र ते?ो हुनेले एप्पलकै मिनी आइप्याड प्राप्त गरेका थिए ।

सम्पूर्ण गुरुङहरु एकजुट हौं, संस्कार र संस्कृतिको जगेर्ना गरौं भन्ने मूल नाराका साथ ल्होछार मनाएको गुरुङ जातिले विभिन्न १२ ओटा जीवजन्तहरुको चक्रलाई आधार मानेर प्रत्येक बर्ष नयाँ बर्षको रुपमा ल्होछार मनाउने गर्छन् । ल्होको अर्थ वर्ग र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरुले नयाँ बर्षको रुपमा मनाउने चलन छ ।

ल्होछार पर्वले गुरुङहरुबीच एकता, भाइचारा र आपसी सद्भाव कायम राख्न मद्दत पुग्ने आयोजकको दावी छ । गुरुङ जातिले हरेक बर्ष पुस १५ मा विविध सास्कृतिक कार्यक्रमसाथ ल्होछार पर्व मनाउँदै आएको छ । तमु ल्होछार २०७४ को आव्हान, जातिय पहिचान सहितको प्रादेशिक नामांकन हाम्रो अभियान भन्ने नाराका साथ तमु ल्होछार देश तथा विदेशमा बसोबास गर्ने गुरुङहरुले मनाएका छन् ।

नेपालमा हरेक बर्ष पुष १३, १४, र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाउँदै आएको छ । गुरुङ समाजका अध्यक्ष गुरुङले, ल्होछारलाई भव्य, सभ्य र सफल बनाउन र हर्सोल्लासका साथ मनाउन उपस्थित सम्पूर्ण गुरुङहरु तथा अन्य विभिन्न जातिय संघसंस्था साथै विभिन्न स्थानिय नेपाली संघसंस्थाका प्रतिनिधीहरु लगायत सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । ल्होछारमा, बालबालिका र वृद्दवृद्दाहरुको लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

हिउँ परेर मौसम प्रतिकुल भए पनि ६ सयको हाराहारीमा उपस्थित मध्ये अन्य समुदायका बाहेक सबै महिला तथा पुरुषहरु आफनो मौलिक पोशाकमा सजिएर आएका थिए । कार्यक्रममा कलाकार तथा नृत्य निर्देशकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । समाजले बर्षभरी गरिनो विभिन्न महत्वपूर्ण कार्यक्रम समेटर तयार पारेको बर्ष क्यालेन्डर २०१८ पनि सार्वजनिक गरिएको थियो । साथै, मैरिमो चलचित्रका निर्देशक तथा नायक पे्रम गुरुङको नयाँ गीतको सिडी पनि विमोचन गरिएको थियो । कार्यक्रममा डिजेको समेत प्रस्तुति रहको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...