Advertisement
SKIP THIS

हङकङमा लाफा इन्भेष्टमेन्टको भेटघाट तथा अन्तरक्रिया सम्पन्न


हङकङ, “एकता नै बल हो, इमान्दारिता नै धर्म हो” भन्ने मूल नारा लिएर स्थापित कम्पनी लाफा इन्भेष्टमेन्ट लिमिटेडले हङकङ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सामूहिक लगानीमार्फत् आर्थिक समृद्धि प्राप्तिको अभियान सुरु गरेको कम्पनीले आइतबार हङकङको जोर्डनस्थित किरात याक्थुङ चुम्लुङको भवनमा कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल, हङकङ, दक्षिण कोरिया, जापान, बेलायत, कतार, मलेसिया, संयुक्त राज्य अमेरिका, इजरायल, इटाली, बरमुडा, कुवेत, बेल्जियम, संयुक्त अरब इमिरेट्सलगायतका देशमा रहेका मगरहरूको सामूहिक लगानीमा स्थापित कम्पनीले शेयर तथा हाल सञ्चालित लाफा भिलेज परियोजनाबारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

“आर्थिक समृद्धि अहिलेको आवश्यकता, एकता र इमान्दारिता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ भएको कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य एवं कानूनी मामिला प्रमुख अधिवक्ता रक्षाबहादुर रैकामगरले कम्पनीको स्थापना र उद्देश्यबारे आफ्नो प्रस्तुती राख्नुभएको थियो । त्यस्तै, कम्पनीका चार्टर्ड एकाउण्टेण्ट (सीए) जनक थापामगर र कम्पनीका संस्थापक सदस्य एवं एबीसी न्यूज टेलिभिजनका प्रदेश नं. ४ का प्रादेशिक ब्यूरो प्रमुख एमबी आस्था मगरले पनि कम्पनीको आय व्यय तथा मुनाफाको अवस्था र लगानीका सम्भावनाबारे प्रस्तुती राख्नुभएको थियो ।

लाफा इन्भेष्टमेन्ट लिमिटेड हङकङका संयोजक जंग थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कम्पनीका शेयर सदस्य वसन्त श्रीनेतमगरले गर्नुभएको थियो । सो अवसरमा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, ठकुरी समाज हङकङका अध्यक्ष ईश्वरविक्रम शाह, मगर संघ हङकङका सदस्य धर्मराज थापामगर, प्रवक्ता एवं पत्रकार तुल्सीराज रानामगर, व्यवसायी जगदीश आलेमगर, चितवन समाज हङकङका अध्यक्ष ओमराज गुरुङ, समाजसेवी केबी बुढाथोकीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममार्फत् १ सय जनाभन्दा बढीले शेयर लिने प्रतिबद्धता जनाएका छन् ।

कम्पनीले हालसम्म नेपालका विभिन्न सहरहरू पोखरा, धरान, इटहरीलगायत विदेशमा कुवेत र कतारमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । निकट भविष्यमा जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुरलगायतका देशमा समेत कार्यक्रम गर्ने लक्ष्य राखिएको कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेमगरले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...