Advertisement
SKIP THIS

गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले दिए १५ लाख


काठमाडौं,गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले १५ लाख रुपैया प्रदान गरेका छन् । भोजपुर दिल्पा नागीँ जन्म भइ हाल ललितपुर मानभवन बस्ने गीतकार सङ्घ नेपालका आजीवन सदस्य कवि तथा गीतकार अमर बान्तुले उक्त रकम शुक्रबार हस्तान्तरण गरेका हुन ।

अमर बान्तु (अमर सिहं राई) ले गीतकार सङ्घ नेपालको कार्यालय, विजुलीवजार काठमाडौंमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष चूडामणि देवकोटालाई उक्त रकमको चेक हस्तारन्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरिष्ठ कवि तथा गीतकार पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्वजनिक जीवनमा रहँदा धेरै राम्रा नराम्रा कार्यमा साक्षी बसियो होला तर यस्तो पूण्य कार्यमा साक्षी बस्न पाउनु पनि ठूलो सौभाग्य हो भने । अमर बान्तु मन र धन भएका अत्यन्त भावूक स्रष्टा हुनुहुन्छ र उहाँको यो दानले गीतकार सङ्घ नेपालको आर्थिक स्वास्थ्य बलियो बन्ने र सङ्घले दीर्घ जीवन पाउने छ भने ।

सङ्घका अध्यक्षलाई चेक हस्तारन्तरण गर्दै दाता अमर बान्तुले सम्पूर्ण गीतकारहरुको साझा संस्था गीतकार सङ्घ नेपालको निरन्तरताको कामना गर्दै आफूले दान गरेको रकमबाट स्रष्टाहरुलाई गीत लेखनमा प्रोत्साहन मिल्ने आशा व्यक्त गरे ।

सङ्घमा अध्यक्ष चूडामणि देवकोटाले आफ्नो मन्तव्य दिदैँ स्रष्टाहरुले लिन भन्दा दिन जान्छन् भने । उनले स्रष्टाले गीत सङ्गीतको माध्यमबाट जनतालाई मनोरञ्जन र चेतना मात्र बाँड्दैनन्, आफूजस्तै स्रष्टाहरुको हकहीत संरक्षण गर्दै नेपाली गीत सङ्गीत र वाङ्मयको विकाशमा समर्पित संस्थालाई बचाउन पनि त्याग गर्न जानेका छन् भन्दै महाकवि देवकोटाको कविताको पङ्क्ति ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ; आफू मिटाई अरुलाई दिन जहाँ छ’ भन्ने उक्ति आज अमर बान्तुले चरितार्थ गर्नुभएको बताए ।

कार्यक्रममा गीतकार सङ्घ नेपालका उपाध्यक्ष भरत बमजन, महासचिव शुभ मुकारुङ, सचिव बसन्त वित्यासि थापा तथा कार्य समितिका सदस्यहरु बालक गुरुङ, दिलेन्द्र मुकारुङ, अमृतलाल सुनार, दाता गीतकारका धर्मपत्नी भावाना राई, प्राज्ञ शान्तिराम राई, प्रस्तोता समाजका सचिव भीषण मुकारुङ, निवर्तमान सचिव राम भट्टराईलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । गीतकार वान्तुका हालै मात्र ‘अमर भावना’ नामक एल्बम तथा ‘परिभाषाका राटाँहरु’ नामक कबिता तथा गीती पुस्तक विमोचन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...