उत्तर अमेरिकामा तामाङ सम्मेलन हुँदै, अध्यक्षमा लक्यान लामाको उमेद्वारी


मच्छे गुरुङ / न्युयोर्क
उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ आउने शनिबार र आइतबार जनवरी १३ र १४ मा न्यूयोर्कमा हुँदै छ । पहिलो पटक हुन लागेको सम्मेलनमा अध्यक्ष पदका लागि लक्यान लामाले उमेद्वारीको घोषणा गरेका छन् । लामाले, थकाली किचनमा एक कार्यक्रम गरी उमेद्वारी घोषणा गरेका हुन् ।

लामाले उमेद्वारीको घोषणा गर्दै ७ बुँदे प्रतिवद्धता र ४ बुँदे गुरुयोजना सहित घोषणपत्र पनि सार्वजनिक गरेका छन । उनले, तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रस्टी बनाउन आवश्यक पहल गर्ने, दक्ष प्राविधिक एवं विज्ञहरुको सहभागीतामा भर्चुअल तामाङ अनलाइन स्कूल सञ्चालन गर्ने, भाषा, धर्म, कला र संस्कृति संरक्षण र संवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, युवा तथा विद्यार्थी मञ्च गठन गर्ने, न्यूयोर्कमा केन्द्रिय कार्यालय स्थापना गर्ने, विभिन्न ख्याति प्राप्त कलाकारहरुको सहभागीतामा डम्फु साँझ सांस्कृतिक कार्यक्रम गर्ने, आपदविपद निराकरणको लागि समिति बनाएर काम गर्ने लगायतका प्रतिवद्धताहरु अघि सारेका छन् ।

त्यस्तै, तामाङ संघसंस्थाको सहभागितामा ग्लोबल तामाङ कन्फरेन्स गर्ने, प्रवासमा रहेका तामाङ संघ संस्था र व्यक्तिहरुको सहयोगमा अन्तर्राष्ट्रिय तामाङ एजुकेशन फण्ड स्थापना गर्ने, तामाङ प्रशासकिय भवन बनाउने र तामाङहरुको आर्थिक समृद्धिका लागि संयुक्त लगानीका लागि पहल गर्ने लगायतका बुँदा उनको गुरुयोजनामा समावेश छन् ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ तामाङले सम्मेलनका लागि शुभकामना दिए । छलफल र सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गर्दै वाइवाले, अध्यक्षका प्रत्यासी साथीहरु बसेर छलफल गन सुझाव दिए । यसैबीच, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष तथा सम्मेलनका कन्भेनर शान्ताबाबु थोकरले सम्मेलनबाट तामाङहरुको साझा घर बनाउन लागेको भन्दै अध्यक्षका प्रत्यासीहरुलाई मिलेर जान सुझाव दिए ।

त्यस्तै अध्यक्षका प्रत्यासी भरत लामाले, एक अर्कालाई हिलो छ्याप्ने काम नगरी मिलेर जान र सर्वसम्मत भएर जान अनुरोध गर्दै शुभकामना दिए ।
यसैबीच, तामाङ सोसाइटी अफ अमेरिका (टिएसए) का पूर्व अध्यक्षहरु, राम तामाङ, सुवास लामा, इन्द्र तामाङ, सुर्य तामाङ, भोजराज थोकर, गैरआवासी नेपाली संघ (एनआरएन)अमेरिकाका महासचिव बिआर लामा, (टिएसए)का महासचिव अमर तामाङ, (एनआरएन) का युवा संयोजक पवन योञ्जन लगायतले शुभकामना दिंदै सहमति र सल्लाह गरेर मिलेर जान सुझाव दिएका छन ।

को हुन लक्यान ?
पर्सा जिल्लाको ठोरीमा जन्मेका लक्यान लामा नेपाल सरकारको समाज कल्याण परिषदमा सहायक निर्देशक र महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको प्रमुख स्वकीय सचिवको रुपमा काम गरिसकेका व्यक्ति हुन । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक र त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका लामाले नेपालमा रहँदो प्रशासनिकसँगै कानून ब्यबसायीको रुपमा सर्वोच्च अदालतमा बहस गरेको थिए । सन २००६ मा भारतको दार्जिलिङमा भएको दोश्रो अन्तरािष्ट्र्रय तामाङ काउन्सिल सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै विधान संसोधन कमिटीमा रहेर काम गरेपछि लामाले तामाङ सुमदायको हक, हित र अधिकारको लागि काम गर्दै आएका छन ।
तामाङ सोसाइटी अफ अमेरिकाको सचिव र महासचिव भएर तामाङ समुदायको हक हितको लागि काम गरिसकेका लामा नर्थ अमेरिका तामाङ कन्फरेन्सको २५ सदस्यीय तदर्थ समितिका सदस्य सचिवको रुपमा काम गरिहरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...