Advertisement
SKIP THIS

तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा २९औँ विश्व आदिवासी दिवस अगष्ट २० मा मनाउने

नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) दक्षिण कोरियाले २९औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । आगामि अगष्ट २० तारिख सौलमा आदिवासी दिवस मनाउन लागेको महासंघले जनाएको छ । “रैथाने ज्ञान, सीप, कला, साहित्य एवं मौलिक खाद्य परम्पराहरुलाई संरक्षण प्रबर्द्धन र बिकास गर्दै, पहिचान र अधिकार प्राप्तिको सांस्कृतिक आन्दोलनमा एकाकार बनौं” भन्ने मुल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ द.कोरियाको मुल आयोजनामा विश्व आदिवासी दिवस मनाउन लागेको हो । उक्त कार्यक्रम नेफिनफुर्सदमा

तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशनबाट रुपा गुरुङ नेतृत्वको कार्यसमिति चयन

दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुनको नेपाल थाई रेष्टुरेन्टको सभा हलमा जूलाई ०९ तारिक सम्पन्न सो महाधिवेशनबाट रुपा गुरुङ अध्यक्ष रहने गरि १७ सदस्यीय संरचनाको दशौं कार्यसमिति गठन भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष लेसन गुरुङको सभाध्यक्ष र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएकोफुर्सदमा

तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशनको बन्द सत्र कार्यक्रम जूलाई ०९ मा हुने

दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक दशौं केन्द्रीय महाधिवेशनको दोश्रो चरण अन्तर्गतको बन्द सत्र कार्यक्रम र नयाँ कार्यसमिति चयन जूलाई ०९ तारिक हुने भएको छ । संस्थाले गत ०२ तारिक महाधिवेशन गर्ने सम्पूर्ण तयारी पूरा गर्दै गर्दा सोही दिनमा संस्थाको विधान संशोधन गर्ने कार्यक्रमले समय लम्बिन गएकोले बन्द सत्र र नयाँ कार्यसमिति चयन प्रक्रिया सोही स्थान सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाफुर्सदमा

चलचित्र छक्कापञ्जा ४ प्रदर्शनको आर्थिक विवरण सार्वजनिक, ३५ लाख कोरियन वोन आगलागी पिडितलाई सहयोग

मनोरञ्जनको साथसाथै सहयोग गरौं भन्ने उद्धेश्यका साथ तेह्रथुम जिल्लाको अठाराई गाउँपालिका वडा नम्बर ६ मा भएको भीषण आगोलागीबाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरेको नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ को आर्थिक विवरण सार्वजनिक गरिएको छ । कार्यक्रमको कुल बचत ४६ लाख ५७ हजार ३ सय १०कोरियन वोन मध्ये ३० लाख र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख गरि ३५ लाख कोरियन वोन बराबरको नगद तथा जिन्सीफुर्सदमा

कोरियाको किम्हेमा गुरुङ चलचित्र ‘बारा-पोखरी’ जून २५ मा प्रदर्शन हुने

धेरै लामो समयपछि दक्षिण कोरियाको किम्हेमा गुरुङ भाषाको चलचित्र “बारा-पोखरी” प्रदर्शन हुने भएको छ । तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको आयोजनामा यही जून २५ तारिख बुसान किम्हे सहरको (김해시 분성로 33522-1,28) हलमा सो चलचित्र प्रदर्शन हुने भएको हो । पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेश भित्र रहेर चलचित्र तयार पारिएको निर्माण पक्षले बताउँदै नेपालका गाउँहरु दिन प्रतिदिन रित्तिदै गएका कारणहरु,त्यसले निम्त्याएका समस्याहरुले देखि लिएर आफ्नोफुर्सदमा

चलचित्र “नीरफूल” कोरियामा, सउल शो जून २५ मा हुने

बहुप्रतिक्षित नेपाली कथानक चलचित्र “नीरफूल” यही जून २५ तारिख अाइतबार हुने भएकाे छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा सउलकाे (서울 종로구 지봉로길 7-5 (종로구민 회관) हलमा चलचित्र प्रर्दशन हुनेछ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ चलचित्र प्रदर्शनको तयारीमा जुटेको घेदुङका अध्यक्ष राजकुमार स्याङतनले जानकारी दिए । चलचित्र “नीरफूल” सउल शो को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै उक्त चलचित्रफुर्सदमा

तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशन आउँदो जूलाई २ मा हुने

तमू (गुरुङ) समुदायको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक दशौं केन्द्रीय महाधिवेशन हुने भएको छ । संस्थाले आफ्नो दुई वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने प्रावधान अनुसार आउँदो जूलाई २ तारिक सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा उक्त महाधिवेशन हुने भएको हो । उक्त आसन्न दशौं केन्द्रीय महाधिवेशनका लागि संस्थाका संरक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि खोम प्रसाद गुरुङ (कास्की),फुर्सदमा

तमू धीं थेगु शाखाको तेश्रो अधिवेशनबाट मनी गुरुङ नेतृत्वको कार्यसमिति चयन

गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । थेगु सहरको बालाजी रेष्टुरेन्टमा ११ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट मनी गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो । सो अधिवेशनबाट अध्यक्षमा मनी गुरुङ, वरिष्ठ उपाध्यक्ष लिला गुरुङ, उपाध्यक्ष समिक्षा गुरुङ, सचिव कृष्ण गुरुङ, सहसचिव मुकेश गुरुङ, कोषाध्यक्ष निमेष गुरुङ, सहकोषाध्यक्ष ज्योती गुरुङ चयन भएका छन् भने सदस्यहरुमाफुर्सदमा

मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने

मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने मगर समुदायको मौलिक चाड भुम्या पूजा यही १७ र १८ तारिखमा हुने भएको छ । नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको व्यवस्थापनमा ख्याङनामको मिर्याङसीमा भुम्या पूजा हुने किम्हे/बुसान शाखाले जनाएको छ । “भाषा, धर्म र संस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाइराख्ने हाम्रो मौलिकता “भन्ने मूल नाराका साथ नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको व्यवस्थापनमा केन्द्रीय समिति, थेगु शाखा,गजेदोफुर्सदमा

आदिबासी जनजाति महासंघको अधिवेशन सम्पन्न: अध्यक्षमा विशन राई

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको विशेष अधिवेशन आईतबार सम्पन्न भएको छ । अधिवेशनबाट विशन राई अध्यक्षमा चुनिएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा शुभराज बोम्जन, महिला उपाध्यक्ष प्रेम लक्की शेर्पा, उपाध्यक्षहरु रित गुरूङ, देवेन्द्र कङ्वा लिम्बु रहेका छन् । महासचिवमा दयाराम राना, बुद्धि बहादुर तामाङ छन् भने कोषाध्यक्ष पद खाली छ । त्यस्तै सदस्यहरुमा पासाङ बोम्जन, ज्वाला चौधारी, अमित चौधारी, अन्जन थापा मगर रहेका छन् । आईतबार दिउँसो भएको कार्यक्रममाफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...