एनआरएन वरिष्ठ उपाध्यक्ष उमेद्वार तारा पुन मगरद्वारा कार्य योजना सार्वजनिक

NRNA कोरिया को दशौँ अधिवेशनमा वरिष्ठ उपाध्यक्षको उमेद्वारी घोषणा गरेको एक हप्ता पश्चात तारा पुन मगरले आफ्नो कार्ययोजना सार्वजनिक गरेकि छिन्। कार्ययोजनामा विद्यार्थी श्रमिकको समस्या मात्र नभएर नेपालमा लगानि सहजिकरण साथै पर्यटन प्रवर्द्धनको विषय समेत समेटेकी छिन्।
वर्तमान कार्यसमितिको उपाध्यक्ष पदमा रहेकी उनले आफू सकृय भूमिका निर्वाह गर्दै आएको अवगत गराउँदै नेपाली समुदायको सेवामा समर्पित अनुभवलाई नेतृत्वमा रुपान्तरण गर्ने जनाएकि छिन। यसैगरी उनले नेपाली समुदायलाई एकिकृत गराउने भूमिका निर्वाह गर्ने साथै संस्थालाई पारदर्शि राख्न कटिबद्ध रहने प्रतिवद्धता जनाएकि छिन्।
वरिष्ठ उपाध्यक्ष पदकि उमेद्वार तारा पुन मगरको कार्य योजना
मेरो उम्मेदवारी:
एनआरएनए दक्षिण कोरियाको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जानकारी गराउन चाहन्छु। NRNA अभियानमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको र नेपाली समुदायको सेवामा समर्पित अनुभवलाई अब नेतृत्वमा रूपान्तरण गर्दै अझ प्रभावकारी योगदान पुर्याउने उद्देश्यले यो उम्मेदवारी दिएको छु।
१. आप्रवासी नेपाली श्रमिकको सुरक्षा र सशक्तिकरण:
आप्रवासी नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूका समस्या समाधान र उनीहरूको हकहितको संरक्षण मेरो प्रमुख प्राथमिकता हो। कार्यस्थलमा हुने दुर्व्यवहार, तलब सम्बन्धी समस्या, स्वास्थ्य सुरक्षाको अभाव जस्ता विषयमा तत्काल सम्बोधन गरिनेछ। कानुनी सहायता, हेल्पलाइन र आपतकालीन व्यवस्थालाई थप मजबुत बनाइनेछ। श्रमिकहरूको क्षमता अभिवृद्धि र सीप विकासका लागि तालिम तथा जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ।२. नेपाली समुदायको बृहत्तर एकता र समावेशिता:
विगतमा देखा परेको टुटफुट, बेमेल र मनमुटावको अवस्थाबाट बाहिर निकाली सबैलाई समेट्ने एकीकृत नेतृत्व प्रदान गर्न म प्रतिबद्ध छु। कोरियामा रहेका सम्पूर्ण नेपालीहरूको हकहित र आवश्यकतामा केन्द्रित रहेर सेवा र सहयोगमा सधैं अगाडि रहने छु।३. संस्थागत पारदर्शिता र सहकार्य:
एनआरएनएको आर्थिक, प्रशासनिक र कार्यक्रमगत कार्यहरूमा पूर्ण पारदर्शिता कायम राख्दै सबै सदस्यहरूप्रति जवाफदेही बन्ने मेरो प्रतिबद्धता हुनेछ। कोरियामा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, सामाजिक समूह र व्यक्तिहरूसँग सहकार्य र आपसी सहयोगमा जोड दिइनेछ। समुदायको साझा लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्ने वातावरण निर्माण गरिनेछ।४. सुरक्षित लगानी काे लागि वातावरण बनाउने:
कोरियामा रहेका नेपाली व्यवसायी तथा कोरियाली लगानीकर्ताहरूलाई नेपालमा उपलब्ध लगानीका अवसरहरू र कानुनी प्रक्रियाबारे जानकारी गराउने। यसका लागि नेपाल राजदुतावासकाे समन्वयमा लगानी बोर्ड नेपाल जस्ता निकायहरूसँग समन्वय गर्ने। कोरियाली लगानीकर्ताहरूलाई नेपालमा सुरक्षित र अनुकूल लगानीको वातावरण रहेको विश्वास दिलाउने।५.नेपालका पर्यटकीय गन्तव्यहरु जस्तै: कला, संस्कृति, प्राकृतिक विविधताबारे कोरियाली बजारमा प्रचार-प्रसार गर्ने। यसका लागि डिजिटल माध्यम, सामाजिक सञ्जाल प्रयाेग गर्ने र काेरियाकाे पर्यटन विभागसंग समन्वय गर्ने
६. नेपाली विद्यार्थीका हकहित र आवश्यकतामा केन्द्रित:
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि विशेष ध्यान दिँदै उनीहरूले भोगिरहेका शैक्षिक, कानुनी, र व्यक्तिगत समस्याहरूलाई सम्बोधन गरिनेछ। भिसा प्रक्रिया, शैक्षिक परामर्श, छात्रवृत्ति जानकारी र पार्ट-टाइम रोजगारीका अवसरहरूमा सहयोग पुर्याउनका साथै मानसिक स्वास्थ्य सहयोगमा पनि जोड दिइनेछ। एनआरएनएलाई विद्यार्थीमैत्री बनाउँदै उनीहरूको आवाजलाई संस्थागत रूपमा उठाउने र नीति निर्माणमा सक्रिय सहभागिता सुनिश्चित गरिनेछ।नोट : सदस्यता लिने समय जुलाई १३ सम्म रहेको छ सदस्यता लिने क्रममा केहि समस्या भएमा सहजै कल गर्नु होला है
Contact ☎️ 01073420412