याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै

चुम्लुङ कोरियाले “हाम्रो याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम ” सञ्चाल्न गर्ने भएको छ। कक्षा सञ्चालन अगस्ट २ तारिखदेखि साप्ताहिक रुपमा २ घण्टाका दरले सेप्टेम्बर २७ तारिखसम्म हुने अध्यक्ष विनोद सौदेनले जानकारी गराएका छन्।
भाषा प्रशिक्षकको रुपमा किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका अध्यापक लिङ्देन कल्पना पंधाक र सिक्किम अल्पाइन युनिभर्सिटिका प्रोफेसर मनिहाङ मुरिङ्ला सुब्बा रहने छन्।
भाषा प्रशिक्षण अनलाइन गुगल मिट Google Meet मार्फत गरिने छ। संसारको जुनसुकै स्थानबाट जोसुकै इच्छुकले सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ। यस प्रशिक्षणबाट प्रशिक्षार्थीले लिम्बू भाषा लेख्न पढ्न साथै साधारण चिठि पत्र तयार गर्न र व्यानर लेखन समेत गर्न सक्ने आयोजकले उद्देश्य लिएको छ।
चुम्लुङ कोरिया केन्द्र र छल्लादो शाखाले यस अघि पनि भाषा प्रशिक्षण सञ्चालन गराएको थियो। अहिलेको कार्यक्रम भने किरात याक्थुङ चुम्लुङ कोरिया केन्द्र र (बुसान, छल्लादो, जेजुदो) शाखाहरुको संयुक्त आयोजना रहने छ।