चलचित्र “नीरफूल” कोरियामा, सउल शो जून २५ मा हुने


बहुप्रतिक्षित नेपाली कथानक चलचित्र “नीरफूल” यही जून २५ तारिख अाइतबार हुने भएकाे छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा सउलकाे (서울 종로구 지봉로길 7-5 (종로구민 회관) हलमा चलचित्र प्रर्दशन हुनेछ ।

नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ चलचित्र प्रदर्शनको तयारीमा जुटेको घेदुङका अध्यक्ष राजकुमार स्याङतनले जानकारी दिए । चलचित्र “नीरफूल” सउल शो को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै उक्त चलचित्र दिउँसो १२ बजे शुरु गरिने अायाेजकले जानकारी दिएका छन् । टिकट शुल्क २५ हजार कोरियन वन रहेकाे महासचिव दावा फिन्जो तामाङले बताए ।

चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र  रोशन फ्युबा लगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा शासकवर्गले भाषाकै कारण पहिचानवादीलाई गरिरहेको विभेदपूर्ण व्यवहारलाई चित्रण गर्न खोजिएको छ । आर्थिक अभावका कारण सन्तानलाई शिक्षा दिनकै लागि विदेशिन परेको र विनासकारी महाभुकम्पका कारण तत्कालिन अवस्थामा व्यहोर्नुपरेको कहालीलाग्दो घटना (आमा निबा, मेरो जामे खै विशुद्ध पारिवारिक घटना) लाई विषयबस्तु बनाएर पात्रका रुपमा तामाङ चरित्रमार्फत दिन खोजिएको सन्देश वास्तवमै तथ्यपरक छ ।

अार्गानिक कथा भएकाे चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली महानुभावहरुमा आयोजक नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पटाऔँ काठमाण्डौंमा घर जितौँ
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...