Advertisement
SKIP THIS

कोरियाको किम्हेमा गुरुङ चलचित्र ‘बारा-पोखरी’ जून २५ मा प्रदर्शन हुने


धेरै लामो समयपछि दक्षिण कोरियाको किम्हेमा गुरुङ भाषाको चलचित्र “बारा-पोखरी” प्रदर्शन हुने भएको छ । तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको आयोजनामा यही जून २५ तारिख बुसान किम्हे सहरको (김해시 분성로 33522-1,28) हलमा सो चलचित्र प्रदर्शन हुने भएको हो ।

पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेश भित्र रहेर चलचित्र तयार पारिएको निर्माण पक्षले बताउँदै नेपालका गाउँहरु दिन प्रतिदिन रित्तिदै गएका कारणहरु,त्यसले निम्त्याएका समस्याहरुले देखि लिएर आफ्नो गाउँ ठाउँप्रतिको मायामोह र स्नेह सँगै गाउँ संरक्षणका निम्ति के कस्ता जिम्मेवारीहरु हुन सक्छन् भन्ने सन्देश चलचित्रमा देखाइएको छ ।

लमजुङ जिल्लाको दोर्दी गाउँपालिका १२ थर हिले गाउँ र समुद्री सतहबाट ३२ सय मिटर उचाईमा रहेको बारा-पोखरी लगायत काठमाडौंमा समेत छायांकन गरिएको यस चलचित्रमा लभस्टोरी पक्षलाई पनि सशक्त रुपमा प्रस्तुत गरिएको छ । कोरोनाको भयावह अवस्थामा आवश्यक सामग्रीहरुको अभावको बावजुद पनि भरपुर मिहिनेतका साथ तयार पारिएको यस चलचित्रका निर्माता तथा लेखक ज्ञानेन्द्र गुरुङ हुन् । उनी आफैं पनि कोरियामा निकै लामो समय बसोबास गरेर नेपाल जानुभएको हुनाले आफ्नो पहिलो प्रयासलाई कोरियावासी साथीहरुले माया गरिदिनुहुनेछ भन्ने कुरामा आशावादी हुनुभएको छ ।

७०% गुरुङ भाषा,३०% नेपाली भाषामा तयार पारिएको यस चलचित्रमा नेपाली भाषाको सब-टाईटल पनि राखिएको हुनाले गैर तमु साथीहरुले  पनि सहजै बुझ्न सकिने हुँदा सम्पुर्ण कोरियाबासी तमु तथा गैर तमु साथीहरुलाई चलचित्र हेरेर माया गरी सहयोग गरिदिनुहुन आयोजक साथै निर्माण पक्ष हार्दिक अनुरोध गर्नुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...