Advertisement
SKIP THIS

कोरियामा २९औँ विश्व आदिवासी दिवस अगष्ट २० मा मनाउने


नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) दक्षिण कोरियाले २९औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । आगामि अगष्ट २० तारिख सौलमा आदिवासी दिवस मनाउन लागेको महासंघले जनाएको छ ।

“रैथाने ज्ञान, सीप, कला, साहित्य एवं मौलिक खाद्य परम्पराहरुलाई संरक्षण प्रबर्द्धन र बिकास गर्दै, पहिचान र अधिकार प्राप्तिको सांस्कृतिक आन्दोलनमा एकाकार बनौं” भन्ने मुल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ द.कोरियाको मुल आयोजनामा विश्व आदिवासी दिवस मनाउन लागेको हो । उक्त कार्यक्रम नेफिन बुसान शाखा र जेजु शाखाका साथमा कोरियामा रहेका आदिवासी जनजातिका विषयमा क्रियाशील संघ-संस्थाहरुको सह-आयोजनामा हुन लागेको हो ।

नेपाली रैथाने कला साहित्य संस्कृति एव रैथाने खाद्य परम्परालाई संरक्षण प्रबर्द्धन एवं बजारीकरण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष विशन राईले बताए । “यसपालिको आदिवासी दिवस पहिचानको पक्षमा सांस्कृतिक आन्दोलनको रुपमा मनाउने तय भएको छ । कोरियामा भएका सबै साथीभाइको सक्रीय सहभागिताको लागि अनुरोध छ ।” अध्यक्ष राईले अनुरोध गरे ।

कार्यक्रममा दक्षिण कोरियामा रहेका जनजाती समुदायहरुको मौलिक सांस्कृतिक नृत्य एवं झाकी तथा परम्परागत मौलिक परिकारहरु प्रदर्शन हुने छ । साथै विभिन्न मातृभाषा एवम् उत्पीडन समुदायको हकहित, अधिकार र पहिचान एवं आदिवासी सौन्दर्य शास्त्रमा लेखिएका साहित्य सिर्जनाहरूको प्रस्तुतिको साथै अन्य सांस्कृतिक प्रस्तुति रहने जनाएको छ ।

कार्यक्रमको तयारी पनि पुरा भैसकेको महासंघको कार्यवहाक अध्यक्ष शुभराज बोम्जनले जानकारी दिएका छन् । “महासंघमा आवद्ध समुर्ण संघ संस्थाहरुलाई सामन्वय गर्दै कार्यकमको सम्पूर्ण तयारी पुरा भाईसकेको छ ।” बोमजनले बताए ।

संयुक्त राष्ट्रसङ्घले अगष्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष विश्वका आदिवासीले यो दिवस मनाउन थालेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...