Advertisement
SKIP THIS

तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशन आउँदो जूलाई २ मा हुने


तमू (गुरुङ) समुदायको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक दशौं केन्द्रीय महाधिवेशन हुने भएको छ । संस्थाले आफ्नो दुई वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने प्रावधान अनुसार आउँदो जूलाई २ तारिक सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा उक्त महाधिवेशन हुने भएको हो ।

उक्त आसन्न दशौं केन्द्रीय महाधिवेशनका लागि संस्थाका संरक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि खोम प्रसाद गुरुङ (कास्की), भिम गुरुङ (लमजुङ), युवराज गुरुङ (स्याङ्जा) र कुमार गुरुङ (स्याङ्जा) सहित ५ सदस्यीय निर्वाचन मण्डल समिति गठन गरिएको र महाधिवेशनको सम्पूर्ण तयारी भईसकेको केन्द्रीय अध्यक्ष लेसन गुरुङले जानकारी दिए ।

सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाले संस्थाले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्परा लगायतको जगेर्ना गर्ने पवित्र कार्यमा संस्थाले महत्वपूर्ण टेवा पुर्याईरहेको सन्दर्भ वरिष्ठ उपाध्यक्ष रुपा गरुङले उल्लेख गरिन् । कोरियामै आफ्नो तीन शाखा विस्तार र विकास गर्दै विगत लामो समयदेखि तमू धीं सेल्टर पनि सञ्चालनमा ल्याई नेपालीहरुलाई सेवा प्रदान गरिरहेको संस्थाको महासचिव सन्तोष गुरुङले स्पष्ट पारे ।

तमू धीं दक्षिण कोरियाको ऐतिहासिक आसन्न दशौं केन्द्रीय महाधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न संस्था सम्बद्ध कोरियावासी तमू दाजुभाई तथा दिदिबहिनीहरु तथा शुभचिन्तकहरुलाई गरिमामय उपस्थितिका लागि तमू धीं दक्षिण कोरियाले अनुरोध गर्दै हार्दिक निमन्त्रणा गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...