रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन जुलाई १३ मा हुने

“प्रवासमा रुपन्देही बासिहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ रुपन्देही सम्पर्क समिति कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा हुने भएको छ। अधिवेशन जुलाई १३ तारिख आइतवार दिनको १२ बजे सुवन स्थित भेटघाट रेष्टुरेण्टको सभाहलमा हुने अधिवेशन संयोजक मदन गौतमले जानकारी गराएका छन्।
कोरियामा रहेका सम्पूर्ण रुपन्देही बासिलाई अधिवेशनमा उपस्थितिको लागि आयोजकले निमन्त्रणा गरेको छ। कार्यक्रममा जोडिनका लागि अध्यक्ष बिज्ञान अर्याल 01072252645 , अधिवेशन संयोजक मदन गौतम 01082305834 , सह-संयोजक दिनेश पराजुलि 01028620785 सँग सम्पर्क गर्न सकिने छ।
सन २००८ मा स्थापित यो संस्था कोरियाको एक सक्रिय संस्थाको रुपमा चिनिन्छ। संस्थाले विभिन्न सामाजिक गतिविधिहरु गर्दै आइरहेको छ।