तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
छक्का पञ्जा ४ को कोरिया (जिन्छन शो) अप्रिल ०२ मा हुने

पछिल्लो समयमा रिलिज भएको नेपाली चलचित्रप्रेमी दर्शकहरुको रोजाईमा परेको अत्याधिक सफल नेपाली कथानक चलचित्र छक्का पञ्जा ४ अप्रिल ०२ तारिक ख्वाङ्ग्वेन् पूल क्लबको आयोजनामा कोरियाको जिन्छन मेघा बक्समा प्रदर्शन हुने भएको छ । जिन्छनको बस टर्मिनलसँगै रहेको मेघाबक्स हल सम्भवत: कोरियामा नेपाली चलचित्र प्रदर्शन गर्ने हलहरु मध्ये सबैभन्दा सुविधा सम्पन्न अत्याधुनिक हल भएको आयोजकको दावी छ । नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन दिने उद्धेश्यले चलचित्रफुर्सदमा
राप्ती समाजले कोरियामा आउँदो मार्च १२ मा चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्ने

राप्ती समाज दक्षिण कोरियाले यहि आउँदो मार्च १२ तारिकको दिन बहुप्रतिक्षित नेपाली कथानक चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्ने भएको छ । राप्ती कोष सहयोगार्थको रुपमा सउलको दोङ्देमुन नजिकै जोङ्गाक स्टेशनमा अवस्थित जोगेशा गुम्बा हलमा उक्त चलचित्र प्रदर्शन गर्ने भएको हो । दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आबद्व राप्तीवासी तथा नेपालीहरुबिच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै कोरियामा नेपालीहरु विच भैपरी आउने समस्या छिटो, छरितो र सरलफुर्सदमा
ताप्लेजुङ सम्पर्क समितिले गर्ने ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमकामा आउने कलाकारको भिसा लाग्यो

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले सलनालको दोस्रो दिन गर्ने ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३ मा नेपालबाट आउने कलकारहरुको भिसा लागेको छ । जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ गर्न लागेको कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, लोकगायक खगेन्द्र याक्सो, गायिका एलिना चौहान, अभिनेत्री डान्सर रियासा दाहाल र चर्चित हाँस्यव्यंग्य कलाकार भरतमणि पौडेल आउँदैछन् । ‘हाम्रो सबै कलाकारको भिसा लाग्यो । अब यताको तयारी पनि लगभग पुरा भैसक्यो । कोरियामा रहनेफुर्सदमा
चितवन सांगीतिक धमकाको लागि गायक उर्गेन दोङ, गायिका अनु चौधरी र डान्सर कविता नेपाली कोरिया आउने

चितवन सम्पर्क समिति दक्षिण कोरियाले सलनालको पहिलो दिन जनवरी २१ मा चितवन सांगीतिक धमाका भाग ४ गर्ने भएको छ । सांगीतिक कार्यक्रमको लागि नेपालबाट चर्चित गायक उर्गेन दोङ, गायिका अनु चौधरी र डान्सर कविता नेपाली कोरिया आउने आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । गायक उर्गेन दोङ अहिलेका चर्चित गायक हुन् । उनको हाम्रो यो माया, माया तितो मिठो, टाढा भए पनि, लजालु मायालु जस्तो गीतले लाखौं श्रोताको मनफुर्सदमा
चितवन सम्पर्क समितिले सलनालमा आयोजना गर्ने सांगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक जनवरी ०१ मा गर्ने

कोरिया स्थित क्षेत्रीय संस्था चितवन सम्पर्क समितिले कोरियन नयाँ वर्ष सलनाल २०२३ को अवसर पारेर चितवन सांगीतिक धमाका ४ म्यूजिकल नाईटको पोष्टर सार्वजानिक तथा पत्रकार सम्मेलन हुने भएको छ । सलनाललाई लक्षित गर्दै आयोजना गरिने सो कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीमा आयोजक संस्था जुटिरहेको सोही संस्थाका अध्यक्ष राजकुमार स्याङ्तनले बताए । बागमती प्रदेश एकता समाज दक्षिण कोरिया अन्तर्गत रहेका दश जिल्लाहरुको पूर्ण साथ, समर्थन र निर्णयात्मक अनुमोदनफुर्सदमा
ताप्लेजुङ सम्पर्क समितिले सलनालमा कञ्चनजंघा सांगीतिक धमाका गर्ने

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले सलनालको दोस्रो दिन ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३ गर्ने भएको छ । जिल्लाको शिक्षा र स्वास्थ्यको सहयोगार्थ गर्न लागेको कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, खगेन्द्र याक्सो गायिका एलिना चौहान, अभिनेत्री डान्सर रियासा दाहाल चर्चित हाँस्यव्यंग्य कलाकार भरतमणि पौडेलले प्रस्तुति दिने छन् । ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सागर माङमू लिम्बूले ताप्लेजुङ जिल्ला क्षेत्रको ठाउँहरु एकदमै विकट भएको र त्यस्तो ठाउँमा सरकारले गरेको सहयोगफुर्सदमा
कोरियन नयाँ वर्ष सलनालमा र्यापर दोङको सांगीतिक धमाका रहने

पछिल्लो समय अति चर्चामा आएको महेश तामाङ उर्फ र्यापर दोङको साथमा कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर विशेष सांगीतिक प्रस्तुति नेपकोर नाईट पार्टी २०२३ हुने भएको छ । कोरियाको राजधानी सउलमा आउँदो जनवरी २२ तारिक नेपकोर ईन्टरटेन्मेन्ट ग्रुपद्धारा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको जनाईएको छफुर्सदमा
ग्रीन सिटि इलाम एफसीले नयाँ वर्षमा डान्स पार्टी गर्दै

ग्रीन सिटि इलाम एफसिले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा डिसेम्बर ३१ तारिख सनिबार बेलुकी सास्कृतिक साँझ एण्ड डान्स पार्टीको आयोजना गर्ने भएको छ। कार्यक्रम बेलुकी ७ बजेदेखी भोलिपल्ट बिहान ५ बजेसम्म हुने आयोजकले जनाएको छ। इलामेली समाज दक्षिण कोरियाको खेलकुद बिभाग अन्तर्गत रहेको एफसिले आपतकालिन कोष स्थापनार्थ गर्न लागेको कार्यक्रममा कोरियामा रहेका गायक गायिकाको बेजोड प्रस्तुती रहनुका साथै डिजे शुसान्तले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउने छन। उक्त डान्स पार्टी नेपालीहरुकोफुर्सदमा
स्वप्निल क्रीएसनको टाढा भएपनि -२ फिमेल भर्सनको चर्चा चुलिदैँ

पछिल्लो समय म्युजिक भिडियोमा ठुलो लगानी गर्ने कम्पनीहरु उदाउँदै छन् । तीनै कम्पनी मध्ये एक हो स्वप्निल क्रिएशन जसले पछिल्लो म्युजिक भिडियो टाढा भएपनि २ फिमेल भर्सनमा झण्डै १४ लाख लगानी गरेको छ । जसमा भिडियो मा ९ लाख र अडीयोमा 5 लाख लागानी गरिएको छ। कोरियामा इपिएसमार्फत पुगेका संगीतप्रेमि सर्वजित राई उर्फ राई प्रिन्स यसका संचालक हुन् । उनले ठुलै चुनौती मोलेर म्युजिक भिडियोमा लगानी गर्ने गरेका छन् ।फुर्सदमा
ताप्लेजुङ कञ्चनजङ्घा सांगीतिक धमाका २०२३ को पोस्टर सार्वजनिक

कोरियन नयाँ वर्ष सलनालको अवसरमा ताप्लेजुङ सम्पर्क समितिद्वारा आयोजना गरिने “ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३” को आज एक कार्यक्रमका बिच पोस्टर सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाको विकट क्षेत्रको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष सागर माङ्मूले जानकारी गराएका छन्। नेपालबाट आमन्त्रण गरिएका लोकप्रीय कलाकारहरु गायक प्रमोद खरेल, गायक खगेन्द्र याक्सो, हाँस्यकलाकार भरतमणी पौडेल, गायिका एलिना चौहान र अभिनेत्री तथा डान्सर रियासा दाहालको बेजोड प्रस्तुति रहनेछ। सलनालकोफुर्सदमा