हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम
पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले नेपाली नयाँ बर्षको उपलक्ष्यमा अप्रिल १६ आइतबार बृहत सांगीतिक कार्यक्रम २०८० गर्ने भएको छ । कार्यक्रमबाट उठेको मुनाफा धरानका मेयर हर्क साम्पाङ श्रमदानको अभियानलाई सहयोग गर्ने आयोजकले बताएका छन् ।
सांगीतिक कार्यक्रमका लागि नेपालबाट तीन जना कलाकार कोरिया आउने भएका छन् । भ्वाईस अफ नेपाल सिजन ४ कि फाइनलिस्ट सविना योङहाङ, गायिक दिपा सुहाङ र डान्सर रुपा आङ्बुहाङले आफ्नो प्रस्तुति दिनेछन् ।
आइतबार दोङदेमुनमा भएको कार्यक्रममा आयोजकले सांगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक गर्दै कोरियामा रहने सबै नेपालीलाई सहभागिताको लागि आग्रह गरेको छ । सांगीतिक कार्यक्रममा सहभागि भएर नेपालमा राम्रो काम गरि रहेका हर्क सम्पाङको श्रम अभियानमा जोडिन सक्ने पुर्वाञ्चल सरोकार समाजका बरिष्ट उपाध्यक्ष गजेन्द्र शेर्माले बताएका छन् । कार्यक्रममा संस्थाका सल्लाहकार ध्यान राई, लोचन राई र पुर्वाञ्चलमा पर्ने विभिन्न जिल्लाका अध्यक्षहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।