राप्ती समाजले कोरियामा आउँदो मार्च १२ मा चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्ने


राप्ती समाज दक्षिण कोरियाले यहि आउँदो मार्च १२ तारिकको दिन बहुप्रतिक्षित नेपाली कथानक चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्ने भएको छ । राप्ती कोष सहयोगार्थको रुपमा सउलको दोङ्देमुन नजिकै जोङ्गाक स्टेशनमा अवस्थित जोगेशा गुम्बा हलमा उक्त चलचित्र प्रदर्शन गर्ने भएको हो ।

 

दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आबद्व राप्तीवासी तथा नेपालीहरुबिच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै कोरियामा नेपालीहरु विच भैपरी आउने समस्या छिटो, छरितो र सरल तरिकाले समाधान गर्ने मुख्य उद्धेश्यका साथ सो चलचित्र प्रदर्शन गर्न लागिएको संस्थाका अध्यक्ष ओमलाल ओलीले जानकारी दिए । चलचित्र छक्का पञ्जा भरपूर कमेडीसहित नेपालमा व्यप्त समस्या र बेथितिहरु चलचित्रमा देख्न सकिने भएकोले चाैथाे सिक्वेलको यो चलचित्र पनि धेरै दर्शकहरुको रोजाईमा पर्दै आएको सन्दर्भ आयोजक संस्थाका महासचिव अमृत केसीले थपे ।

 

दर्शकको अधिक माग र चाहना अनुसार बिहान ११:०० र दिउँसो २:०० बजे गरी दुई शो प्रदर्शन गरिने उक्त चलचित्र “छक्का पञ्जा ४” हेरेर मनोरञ्जनसँगै पुण्य कमाउनुहुन दक्षिण कोरियास्थित विभिन्न संघ-संस्थाहरु साथै नेपाली दाजुभाई, दिदीबहिनी, विधार्थी, पत्रकार तथा बुद्धिजीवी लगायत सम्पूर्ण महानुभावहरुमा राप्ती समाज दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ । साथै अन्य विविध जानकारीका लागी उल्लेखित पोष्टर हेर्नुहुन आयोजकले अपिल गरेको छ ।

 

तपसिल

 

मिति – २०२३ मार्च १२ आइतवार

समय – पहिलो शो ११:०० बजे, दोस्रो शो २:०० बजे

स्थान – दोङदेमुन नजिक जोङ्गाक स्टेशनमा रहेको जोगेशा गुम्बाको हल

 

**नोट**

पहिलो शोको लागि Ticket online Booking मार्च ५ तारिक साँझ ९:०० बजे भित्र तलको सम्पर्क नम्बरमा कल गरी बुकिङ गर्नुपर्नेछ ।

बुकिङको लागि सम्पर्क :

Omlal Oli – 010-8070-9210

Amrit KC – 010-5960-8190

Sobarna Oli – 010-5949-0415

Bayu Poudel – 010-2630-5311

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन
  • हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम
  • सोमबार देखि सार्वजानिक सवारी साधनमा समेत माक्स लगाउन नपर्ने
  • धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई
  • ताजा अपडेट

    ईपिएस

    जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

    जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी ...

    कोरियामा कामदारलाई वैकल्पिक बिदा

    कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय ...

    कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

    कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...