ब्लकबस्टर हिट चलचित्र “जारी” सुवनमा मे २१ मा प्रदर्शन हुने


पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहरमा प्रदर्शन हुने भएको छ ।

नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए ।

“कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको बेला यी दुई जोडीलाई खुबै रुचाईएकोले चलचित्र “जारी” को प्रदर्शन भव्य हुने समाजका महासचिव सुभाष ठकुरीले बताए । रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको वैशाख १ गतेबाट रिलिज भएको सो चलचित्रले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ ।

चलचित्र गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको छ । चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । फिल्मभित्र दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरुले दर्शकको मन छोएको छ ।

चलचित्र प्रदर्शन सम्बन्धी अन्य जानकारी छिट्टै सार्वजनिक गरिने र चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली चलचित्रप्रेमी महानुभावहरुमा आयोजक वन्जु मुन्माक समाजले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...