Advertisement
SKIP THIS

कोरियाको किम्हे सहरमा नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन हुने


दक्षिण कोरियाको किम्हे सहरमा नेपाली चलचित्र छक्क पञ्जा ४ प्रदर्शन हुने भएको छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ् बुसान शाखाले यहि अप्रिल ३० मा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

चलचित्र बुसान किम्हे सहर स्थित गया युनिभर्सिटी हलमा प्रदर्शन हुने छ । मनोरञ्जका साथ साथै सामाजिक कार्यको लागी सहयोग गर्ने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागिको जनाएको छ ।

तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा केही समय अगाडि भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवारलाई सहयोग गर्ने मुख्य उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागिएको तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ् बुसान शाखाले जनाएको छ ।

आफ्नो कला, सस्कृती, भाषाको संरक्षण गरौं नेपाली चलचित्र लाई माया गरौं भन्दै सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थित भै चलचित्र हेरि सामाजिक कार्यमा हातेमालो गरिदिनु हुन आयोजक संस्थाका अध्यक्ष सोम योञ्जनले अनुरोध गरेका छन् ।

यस फिलिमलाई हेमराज विसीले निर्देशन गरेको हो । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय रहेको छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् ।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।
आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म नेपालमा गत फागुन १९ गतेदेखि प्रदर्शन भएको हो । दक्षिण कोरियाको सौल लगायत शहरमा पनि यस चलचित्रको सफल प्रदर्शन भैसकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...