तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
काभ्रे सम्पर्क समितिको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम हुने
काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आगामी सेप्टेम्बर १४ र १५ मा बार्षिक साधारणसभा सहित बनभोज कार्यक्रम गर्ने भएको छ । संस्थाको अगस्ट महिनाको पहिलो आइतबार बसेको केन्द्रिय समितिको नियमित बैठकबाट साधारणसभा सहितको बनभोज कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष सुमन चौलागाईंले फोनिज कोरियालाई बताएका हुन् । सौल नजिकै रहेको 북한산 पहाडको फेदिमा रहेको रमाइलो वातावरणमा कार्यक्रम गर्न लागिएको जनाएको छ । ‘विशेष गरी संस्थाको साधारण सभा गर्ने र रमाइलो भेट्घाटफुर्सदमा
तमू धीं कोरियाले अगस्ट ४ मा रजतजयन्ती मनाउदै
तमू धीं दक्षिण कोरियाले आगामि अगस्ट ४ तारिखका दिन रजतजयन्ती मनाउने भएको छ । संस्था स्थापनाको २५ औं बर्षको अवसरमा सौल जुङ्गु (서울 중구 장충단로 247)मा भव्य कार्यक्रमको आयोजना गर्दै रजतजयन्ती उत्सव मनाउन लागेको संस्थाको अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएका हुन् । “प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु” अथवा शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउछ र संस्कृति हराए मानव जाती नैफुर्सदमा
नेपाल एयरलाइन्स काठमाण्डौं–सौल सुचारु भए मात्र कोरिया भ्रमणको सार्थकता ठान्छु: गगन थापा
अमिर याेन्जन । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले नेपाल वायुसेवा निगमको जहाजले सौल–काठमाण्डौं, काठमाण्डौं–सौल उडान भयो भने मात्रै आफ्नो दक्षिण कोरिया भ्रमण सार्थक हुने बताएको छ । जुलाई २८ आइतबार सौलमा यहाँको नेपालीहरूसँग नेपाली जन सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री थापाले नेपाल एयरलाइन्स काठमाण्डौं–सौल उडान, कोरियाबाट फर्केका नेपालीहरू देशमै रोजगारी गरी बस्न सक्ने वातावरण बनाउन पहल गर्ने बताएका हुन् । महामन्त्री थापाले भने,फुर्सदमा
लुम्बिनी प्रदेश समाजको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा हिमाल खनाल
सौल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभा हलमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट हिमाल खनाल(अर्घाखाँची)को अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । केही समय अगाडि हिमाल खनालकै संयोजकमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको तदर्थ समिती गठन गरिएको थियो । सोही समितिले आईतवार ऐतिहासिक प्रथम अधिवेशको आयोजना गरेको हो । निर्वाचित सामितिको बरिष्ठ उपाध्यक्षमा मदन गौतम (रुपन्देहि), उपाध्यक्षहरु किरण बंजाडेफुर्सदमा
कोरियाबाट काभ्रेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
दक्षिण कोरियामा रहेका काभ्रे जिल्लाबासीहरुका साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आफ्नो जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । यस बर्ष जिल्लाको ३ वटा स्थानीय निकायका ९ वटा सरकारी तथा सामुदायिक विद्यालयका “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग” कार्यक्रम सपन्न गरेको संस्थाका अध्यक्ष सुमन चौलागाईले फोनिज कोरियालाई बताएका हुन्। यस सहयोग मार्फत महाभारत, खानिखोला र रोशी गाउँपालिका १३५ जना भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् ।फुर्सदमा
उत्तरी छुङ्छङ् प्रान्तको सुन्दर ठाउँमा सिन्धुपाल्चोक समाजले वनभोज कार्यक्रम गर्ने
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाद्वारा आगामी जुन २९ र ३० तारिखमा बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम गर्ने भएको छ । उत्तरी छुङ्छङ् प्रान्त(충청북도)को सुन्दर ठाउँ थान्याङ(단양) मा २ दिने कार्यक्रम गर्न लागेको समाजको अध्यक्ष राज लोप्चन तमाङले फोनिज कोरियालाई बताएका हुन् । वनभोज कार्यक्रममा मनमोहक दृष्यावलोकन तथा स्थानीय कलाकारहरूको सांगितिक प्रस्तुतिसंगै स्वादिष्ट नेपाली परिकारको स्वाद लिन सकिने जनाएको छ । Sky Walk, Zip Line, Rafting, ATV Motor Bike Ridingफुर्सदमा
कोरियाबाट काभ्रेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
दक्षिण कोरियामा रहेका काभ्रे जिल्लाबासीहरुका साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आफ्नो जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । यस बर्ष जिल्लाको ३ वटा स्थानीय निकायका ९ वटा सरकारी तथा सामुदायिक विद्यालयका “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग” कार्यक्रम सपन्न गरेको संस्थाका अध्यक्ष सुमन चौलागाईले फोनिज कोरियालाई बताएका हुन्। यस सहयोग मार्फत महाभारत, खानिखोला र रोशी गाउँपालिका १३५ जना भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन्फुर्सदमा
विश्व प्रसिद्ध लोटस् लान्ट्रन फेस्टिवल मे ११ मा हुने
युनेस्कोको धार्मिक तथा सांस्कृतिक सम्पदामा सूचीकृत दक्षिण कोरियाको लोटस् लान्ट्रन फेस्टिवल (Lotus Lantern Festival) कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरूको सहभागितामा २५६८ औं बुद्धजयन्ती विशेष विश्व शान्ति र्याली २०२४ मे ११ मा हुदैछ । उक्त कार्यक्रममा नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजनमा नेपालको प्रतिनिधित्व हुनेगरि नेपाली समुदायको सहभागिता हुदैं आइरहेको छ । अगामी कार्यक्रममा नेपालीको बृहत सहभागिताका लागि सुसूचितसगैं अनुरोध गरेको नेपाल बौद्ध परिवारका महासचिब दावाफुर्सदमा
इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
इलामेली समाज दक्षिण कोरियाद्वारा इलाम जिल्लाको ४ नगरपालिका र ६ गाउँपालिकाको २४ वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ। गतवर्ष कोरियाको चाड छुसकमा आयोजित “इलाम चियाबारी सांगितिक धमाका २०२३” को मुनाफाबाट २२ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको अध्यक्ष टिका थेगिमले जानकारी दिएका छन्। चैत्र२५ आइतवार समाजका पूर्व अध्यक्ष दर्पण गुरुङको संयोजकत्व, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा र नेपाल प्रहरी शशत्र प्रहरी एवम जनप्रतिनिधिको रहोवरमा इलाम बजार क्षेत्रमा वितरणफुर्सदमा
तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक “रजत जयन्ती” मनाउने
कोरियास्थित जातीय संस्था तमू धींले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो अगष्ट ३ र ४ तारिकमा मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै रजत जयन्तीको निमित्त आवश्यक तयारीमा जुटेको हो । सो रजत जयन्तीलाई सु-सम्पन्न गर्न मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । सन् १९९९फुर्सदमा