Advertisement
SKIP THIS

घेदुङ जेजु शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बिमल तामाङ


नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु शाखाको तेस्रो अधिवेशन जेजुस्थित केसिटियु हलमा भव्य रूपमा सम्पन्न  भएको  छ । साथै शनिबार भएको अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ नेतृत्वको अध्यक्षमा बिमल तामाङ निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रतिज्ञा लामा उपाध्यक्षमा गङ्गा ब्लोन चयन भएका छन् । महिला उपाध्यक्षको जिम्मेवारी रिचा ब्लोनले पाएकी छन् ।

महासचिवमा प्रतिक तामाङ चुनिएका छन् भने सचिव पदमा बिमान सिहं तामाङ र सानुमाया तामाङले जिम्मेवारी पाएका छन् । कोषाध्यक्षको रूपमा बिन्दार ब्लोन तामाङ र सह-कोषाध्यक्षमा युनिम तामाङ  निर्वाचित भएका छन् ।

त्यस्तै  कार्यसमिति सदस्यहरूमा सन्जय कुमार लामा, सुनिल कुमार वाइबा, वान्छेन तामाङ, ममता मोक्तान, सन लामा, पुजा ब्लोन, सबिता तामाङ  र गोविन तामाङ चयन भएका छन्।

नेपाल  तामाङ  घेदुङ दक्षिण कोरिया केन्द्र सउलका  अध्यक्ष राजकुमार स्याङ्तानको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनको निर्वाचन मण्डलको संयोजकत्वमा अनिता रूम्बाको सदस्यहरूमा शुभराज बोम्जन, गणेश तामाङ गोन्जन र धनराज तामाङ रहेको थियो ।

तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको प्रवर्द्धन गरौं । आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं ।” भन्ने उद्देश्यले सन् २०२१ मा गठन भएको  घेदुङको जेजु शाखाले आफ्नो स्थापना कालदेखि नै सामाजिक कार्यमा सकृया  हुदैं आएको जातीय सामाजिक  संस्था हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...